- मिकाइल आलम

इनरुवा। बिहारको सुपौल जिल्ला स्थित भिमनगरमा जारी क्रिकेट प्रतियोगितामा सुनसरीको भाण्टावारी फाइनलमा प्रवेश गरेको छ । स्वर्गीय योगेश सिंह मेमोरियल क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार आयोजक युवा शास्त्री क्लब भिमनगर लाई २५ रनले हराउँदै भाण्टावारी फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भाण्टावारीले आयोजक भिमनगर सामु १ सय ४७ रनको चुनौती प्रस्तुत गरेको थियो।भाण्टावारीका लागि विकास कुमारले सर्वाधिक ५५ रनको महत्त्वपूर्ण पारी खेलेका थिए । १ सय ४७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको भिमनगर २० ओभर खेलेपनि मात्रै १ सय २१ रनमा अल आउट भयो । भाण्टावारी लाई जित दिलाउन बलिङतर्फ सहबाज आलम र विकास कुमारले ४ – ४ विकेट लिए। खेलको म्यान अफ द म्याच भाण्टावारीका विकास कुमार घोषित भए । अब भाण्टावारीले उपाधीको लागि भारतीय टोलि सहरसा संग आइतबार प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia