- राम नारायण पंडित

सिरहा। उप–प्रधानमन्त्रि उपेन्द्र यादवले सातै प्रदेशको तुलनामा प्रदेश २ स्वास्थ्य र शिक्षामा पछाडी परेको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित प्राथमिक स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज (शक्रवार) उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्रि समेत रहेका यादवले प्रदेश २ कर्णाली प्रदेश भन्दापनि शिक्षा र स्वास्थ्य क्षेत्रमा पछि रहेको बताएका छन् । सरकारको निति तहत देशको प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र र बडामा स्वास्थ्य चौकी निर्माण हुने मन्त्रि यादबले दाबी गरे । उनले भने “सरकारको निति योजना अनुसार नेपालको प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, बडामा उप–स्वास्थ्य चौकीलाई अपग्रेड गरी स्वास्थ्य चौकी निर्माणको प्रक्रियामा छ, सिरहा अन्य जिल्ला भन्दा पछि परेको छ त्यसैले यसलाई बढी प्राथमिकतामा राखेको छु ।” अगामी महिनादेखि बडाहरुमा स्वास्थ्य चौकी निर्माण हुने प्रक्रिया सुरु हुने समेत उनले बताए । सिरहा जिल्लाको गाँउपालिका तथा नगरपालिकाबाट मन्त्रालयमा आएको भवन सम्बन्धि निवेदनलाई स्विकृती प्रदान गरिसकेकोले छिट्टै काम सुरु हुने आश्वासन समेत मन्त्रि यादबले दिए । स्वास्थ्य केन्द्र संचालनका लागि तत्काल आवश्यक औषधी र उपकरण हस्तान्तरण गरेको भन्दै उनले थप जनशक्ति, प्रयोगशालाको सामग्री चाँडै नै उपलब्ध गराउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्रि ईस्तियाक राईनले प्रदेश २ को राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रष्ठिानको प्रक्रिया अगाडी बढिसकेकोले प्रष्ठिान संचालनमा आएपछि यो प्रदेश स्वास्थ्य क्षेत्रमा फड्को मारने बताए । उनले भने “यस क्षेत्रबाट आधा दर्जन स्वास्थ्य मन्त्रि भयो, तर यो क्षेत्र संधै पछाडी नै रहयो, उनीहरुले खासै चासो दिएन, बर्तमान सरकारले यसलाई अपग्रेड गर्नमा लागेको छ ।” सघन शहरी बिकास योजना अन्तर्गत लहानलाई विकास गर्नका लागि १ अर्बको योजना स्विकृत भएको र मिर्चैया पनि स्मार्ट सिटीमा परेकाले यो क्षेत्र बिकासमा गति लिने उनले दाबी गरे । उनले भने “सुरुमा तराईको २१ जिल्ला सदरमुकाममा मात्र सघन शहरी बिकास कार्यक्रम थियो, हामीले ९ स्थानमा थप गरेको छौं, जसमा प्रदेश २ मा नै ५ वटा छन् ।” शहरी बिकास मन्त्रालयको ६ करोड १७ लाखको लागतमा भुकम्प प्रतिरोधात्मक १५ बेडको स्वास्थ्य केन्द्रको भवन निर्माण दिवा निर्माण सेवाले गरेका छन् ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको अध्यक्षता तथा उप्र–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रि उपेन्द्र यादबको प्रमुख आतिथ्यमा अस्पताल उद्घाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिब डा. पुष्पा चौधरी, परिवार कल्याण महाशाखाका प्रमुख आरपी बिच्छा, राष्ट्रपतिका स्वकिय सचिव जिवछ साह, शहरी डिभिजन कार्यालय राजबिराजका आयोजना प्रमुख रमेश थिङ, प्रदेश सांसद दिलिप साह, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्र प्रसाद यादब, प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमुख डा. राकेश यादबको साथै जग्गादाता, चन्दादाता लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia