- जयकृष्ण यादव

इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा नेकपा निकटका दुई शिक्षक संगठनको सुनसरी एकता भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको भातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका एकता भेला सनिबार सम्पन्न भएको हो । सुनसरीमा पार्टीको एकिकरणको निणर्य अनुसार पहिलोपटक शिक्षक संगठनको एकता भेला सम्पन्न गरेको जनाएको छ ।

यूएनटिएओ र एनएनटिओ बीचमा भएको एकता भेलामा नेपाल शिक्षक यूनियनका पूर्व अध्यक्ष सत्य नारायण मेहता र गनेविन्द मिश्र सहितकाले शिक्षकहरुको एकता भएकाले नेपाल शिक्षक महासंघ सुनसरीमा बहुमतका साथ जिन्ते दावी गर्नुभएको छ । दुई संगठनको एकताको सन्देश जिल्लाका विद्यालयहरुमा र देशभरनै छर्नका लागि एकता भेला सफल भएको वहाँहरुले बताउनुभयो । पार्टीका केन्द्रिय सदस्य दोय निर्मल बराल र रमेश बस्नेतको उपस्थितीमा दुवै संगठनलाई एकीकृत गर्ने गरी एकता भेला सम्पन्न गरेको संगठनले जनाएको छ । देशभरका जिल्लामा एकता प्रयास जारी रहेको बेला सुनसरीमा दुई संगठनको एकता भेलाबाट एकिकृत संगठनको समिति समेत सार्वजनिक गरेको छ ।

एकताभेलाबाट रामबहादुर विष्ठको अध्यक्षमा २५ सदस्य समिति एकीकृत संगठन निर्माण गरिएको छ । एकीकृत संगठन समितिको सह अध्यक्षमा भोजराज न्यौपाने, सदस्यहरुमा बेचन यादव, चिरन्जीवि रेग्मी, बद्री कार्की, रमानन्द मण्डल, सकिला सुव्वा, सरितादेवी मेहता, प्रमुनारायाण चौधरी, बोधराज घिमिरे, सत्यनारायण मेहता, भरत खत्री, मुरारी प्रसाद घिमिरे , रत्नदिप चौधरी लगायतका चयन भएका छनु । त्यसैगरी सदस्यहरुमा धनप्रसाद गेलाल, दिपक न्यौपाने, विरेन्द्र बहादुर शाह, किरणहरी भट्टराई, रिता फुयाल, गणेशकुमार खड्का, मातृका चौधरी, राधा शर्मा, भगतलाल चौधरी, गंगा गजमेर, विष्णुकुमार राई लगायतका चयन भएका छन् ।

पार्टी एकताको सन्देश गएजस्तै शिक्षक संगठनको एकताको सन्देश दिन सफल होस भनी पेशागत महासघका सहइन्र्चाज राजकुमार गिरीले बताउनुभयो । एकता भेलामा पुष्प ढुगाना, विणु काफ्ले, केशव प्रसाद सुवेदी लगायतकाले शुभकामना दिनुभएको थियो । एकता भेलाबाट जिल्लाको १२ वटै स्थानीय तहमा शिक्षक महासंघमा एकीकृत शिक्षक संगठनले जित हासिल गर्ने पूर्ण तयारी गर्ने, शिक्षकहरुको पेशागत हकहितका लागि योगदान गर्ने, जिल्ला महासंघमा समेत जित हासिल गर्ने, सदस्यतालाई तत्काल दुवै संगठनले आफ्नै संगठनको माध्यमबाट नविकरण गर्ने, संगठनात्मक, भावनात्क र बैचारिक एकताको सन्देश दिन सबैले आ आफ्नो ठाउँबाट ्योगदान गर्ने निणर्य समेत गरेको जनाएको छ । महासंघको निर्वाचनका लागि दुवै संगठनबाट दायित्व बेहोर्ने समेत जनाएको छ । संगठनको विभिन्न गाउँपालिका र नगरपालिकामा रहेको दुवै संगठनको एकता भेला एक हप्ता भित्र नै सम्पन्न पर्ने निर्णय गरेको संगठनले जनाएको छ । एकता भेलामा जिल्लाका दुई सय बढी शिक्षकहरुरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia