इनरुवा। सुनसरीको इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले अव इटहरीको विकास युद्धस्तरमा अघि बढने वताउनुभएको छ। इटहरीम एक कार्यक्रममा वोल्दै उहाँले त्यसो भन्नुभएको हो। वस्ति,टोल र वडा स्तरमा योजना संचालन गर्नका लागि उपभोक्ता समिति गठन भइसकेको उहाँले जानकारी दिनुभयो । उपभोक्ता समिति सँग धमाधम सम्झौता भइरहेकाले अव विकासले गतिलिने मेयर चौधरीले वताउनुभयो ।

उहाँका अनुसार केहि ठूला योजनाको टेण्डर गरिएको र केहि बहुवर्षिय योजनाको टेण्डर गर्न लागिएको छ । वाटोघाटो निर्माण,मर्मत जारी रहेको र केहिलाई वहुवर्षीय योजनामा पारेर धमाधम काम भइरहेको छ । १ बर्षमा हिलोमुक्त र ३ बर्षमा धुलोमुक्त वनाइ सक्ने मेयर चौधरीले प्रतिवद्धता जनाउनुभयो । युवा लक्षित विभिन्न कार्यक्रमका लागि वजेट छुटयाइएको मेयर चौधरीले जानकारी दिनुभयो । इटहरी उपमहानगरले संचालन गरेका विभिन्न योजना वाट यो बर्ष ५ सय युवाले रोजगारीको अवसर पाउने उहाँको दावी छ । इटहरीमा चालु आर्थिक बर्षमा वडा र नगरस्तरीय गरि छ सय योजना संचालनमा छन ।

तपाईको प्रतिक्रिया