Posted by Inaruwa Online on Saturday, 12 January 2019

इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेटमा प्रदेश ४ बिजयी भएको छ । प्रदेश नम्वर ४ ले विभागिय टोली एफीएफलाई १ विकेटले पराजित गरेको हो । ओभरको अन्तिम बलमा प्रदेश ४ का मेखबहादुर सेनले निर्णायक रन बटुल्दै मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा टिमलाई जित दिलाएका हुन् ।

सुनसरीको इनरुवामा जारी प्रतियोगितामा प्रदेश ४ लाई जितकालागि अन्तिम ओभरमा ४ रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेका एपीएफका कमल सिङ ऐरीले ५ डट बल फयाल्दै कुनै पनि रन दिएनन् । अन्तिम ओभरको अन्तिम बलमा जितकालागि चार रन आवश्यक रहेको अवस्थामा क्रिजमा रहेका मेख बहादुर सेनले चौका प्रहार गर्दै टिमकालागि रोमाञ्चक जित दिलाए ।

Posted by Inaruwa Online on Saturday, 12 January 2019

९ जना ब्याट्सम्यान पेविलियन फर्किसकेको अवस्थामा प्रदेश ४ का पुछारका ब्याट्सम्यान मेख बहादुर सेन र राजु गुरुङले नटआउट ११ रन जोडेपछि प्रदेश नम्वर ४ ले विभागिय टोली एपीएफलाई १ विकेटले पराजित गरेको हो । एपीएफका अनिल साहले ४ विकेट लिएपनि टिमलाई जित भने दिलाउन सकेनन् ।

एपीएफले दिएको २ सय १६ रनको लक्ष पछ्याएको प्रदेश ४ लाई आफ्नो पहिलो खेलमा जित दिलाउन अनिल गुरुङ र विधान श्रेष्ठले अर्धशतक पुरा गरे । गुरुङ ६४ रन बनाएर आउट भए भने श्रेष्ठले ६१ रनको पारी खेले । मन्जिल न्यौपानेले टिमको खातामा ३१ रन जोडे ।

Posted by Inaruwa Online on Saturday, 12 January 2019

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो । एपीएफकालागि इसाद अहमदले नटआउट ३० रनको पारी खेले । एपीएफकालागि भुवन कार्कीले ३६ रन बनाए भने अनिल साहले २६ रन जोडे । प्रतियोगिताको म्यान अफ द म्याच विधान श्रेष्ठ घोषित भए । आइतबारको खेल प्रदेश १ र प्रदेश ४ बिच हुने छ । ग्रुप डीबाट अघिल्लो सेमिफाइनलमा प्रवेश गर्ने टिमको छिनोफानो आइतबार हुने खेलपछि तय हुने छ ।

तपाईको प्रतिक्रिया