- अमर काफ्ले

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा जितकालागि प्रदेश ४ ले २ सय ९४ रनको लक्ष पाएको छ । निर्धारित ५० ओभरको खेलमा प्रदेश १ ले २ सय ९२ रन जोडेपछि प्रदेश नम्वर ४ ले २ सय ९३ रनको बिजयी लक्ष पाएको हो । ग्रुप डी अन्र्तगतको आजको अन्तिम खेलले सेमिफाइनल पुग्ने तेस्रो टिमको छिनोफानो गर्ने छ । एपीएफ र प्रदेश ४ दुवैले एक–एक खेल जितेका छन् भने प्रदेश एक पहिलो जितको खोजिमा रहेको छ । सेमिफाइनलमा पुग्ने एपीएफको प्रवल सम्भावना रहेपनि आजको खेलमा प्रदेश एक भारी रनले बिजयी भएको खण्डमा उसकालागि सेमिफाइनलमा पुग्ने ढोका खुल्ने छ ।

जितकालागि २ सय ९३ रनको लक्ष दिएको प्रदेश नम्वर १ ले प्रदेश नम्वर ४ लाई १ सय ११ रनमा रोक्न सके सेमिफाइनल पुग्ने तेस्रो टिम बन्ने छ । बिजयी रन पछ्याइरहेको प्रदेश ४ यतिबेला ब्याटिङ गरिरहेको छ । १२ ओभरको समाप्तीमा उसले ५७ रन जोड्दा महत्वपूर्ण ७ विकेट गुमाएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एककालागि ओपनर मिनास थापाले सतकीय पारी खेलेका छन् । १ सय १० बलको सामना गरेका थापाले १६ चौका र २ छक्काको मद्दतमा १ सय ८ रन बनाए । त्यसैगरी निरज मुखियाले बोल्ड हुनअघि ४१ रन जोडे । थापा र मुखियाले पहिलो विकेटकालागि १ सय ५६ रनको साझेदारी गर्दै टिमकालागि ठोस सुरुवात दिलाएका थिए । उत्कृष्ठ सुरुवातसँगै उच्च योगफल तर्फ लम्केपनि मध्यक्रमका ब्याट्सम्यान धरमराउँदा प्रदेश एकले ३ सय रनको आंकडा पार गर्न भने सकेन् । प्रदेश ४का किशोर महतोले ३ र अमृत गुरुङ, बिपिन खत्री र सन्तोष न्यौपानेले समान २–२ विकेट लिए ।

तपाईको प्रतिक्रिया