काठमाडौँ / प्रचलनमा रहेको नेपाली भिसा स्टिकर न्यून गुणस्तरको भएपछि सरकारले मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरेको छ । सुरक्षाको दृष्टिकोणले भिसा स्टिकर गतिलो नभएकाले गृह मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक मापदण्डअनुसारको नेपाली भिसा स्टिकरलाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरणको तयारी गरेको हो ।

सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एकआरभी (मेसिन रिडेबल भिसा) लागू गर्ने तयारी गरेको छ । विदेशीले पनि अब मेसिन रिडेबल नेपाली भिसा पाउने छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया