इनरुवा । भारतको भिमनगरमा आयोजित क्रिकेट प्रतियोगितामा सुनसरीको भाण्टावारी उपविजेता भएको छ । आइतबार युवा शास्त्री क्लब भिमनगरको मैदानमा भएको फाइनल खेलमा सहरसाले भाण्टावारी लाई ३ विकेटले हराउँदै विजेता भएको हो ।

टस जितेर फाइनलमा पहिले ब्याटिङ गरेको भाण्टावारीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ को सामान्य चुनौती सहरसा सामु प्रस्तुत गरेको थियो । १ सय १४ रनको चुनौती सहरसाले १७ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको थियो । सहरसाको लागि बादल कुमारले सर्वाधिक ४९ रन बनाएका थिए । बादल फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।

स्वर्गीय योगेश सिंह मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधी संगै सहरसाले ११ हजार भारु पुरस्कार जिते भने उपविजेता बनेको भाण्टावरी ५१ भारुमा चित्त बुझाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा बेस्ट ब्याट्सम्यान सहरसाका राजेश सिंह घोषित भए भने प्रतियोगिताको उत्कृष्ट बलर भाण्टावारीका सहबाज आलम घोषित भए । फाइनल खेल इनरुवा नगरपालिकाका मेयर राजन मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया