- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा रहेका जनता माध्यमिक विद्यालय नरसिंहका विद्यार्थीहरुको आँखा शिविरका कारण पढाई चौपट भएको छ। आइतबार नेश्नल टाइगर्स क्लब भोक्राहा नरसिंहको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमान्डौँ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरले आँखा शिविर संञ्चालन गरेको थियो ।

सो आँखा शिविरमा नेश्नल टाइगर्स क्लबका अध्यक्ष देवनारायण मण्डल (फैजलुम) ले भोक्राहा नरसिंह गाउँपालिकाको लोगो किर्ते गरेको पाइएको छ । सो लोगो प्रयोग गरेको बारे गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव सँग सोधपुछ गर्दा हामीलाई कुनै किसिमको जानकारी नदिई लोगो प्रयोग गरेको बताए । यता आँखा शिविर सञ्चालन गर्न बनाईएको ब्यानरमा सहयोगी भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय लेखेपनि भोक्राहा नरसिंह गाउँपालिकाका कार्यकारी अधिकृतका भनाई अनुसार सो संस्थालाई कुनै किसिमको आर्थिक सहयोग नगरेको बताए ।

त्यस्तै उता नेश्नल टाइगर्स क्लब भोक्राहा नरसिंहले आयोजना गरेको नि : शुल्क मोतिया विन्दु शिविर तिलगंगा आँखा अस्पताल काठमान्डौँ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरले संचालन गरेको ई एच डब्लु सागर पोखरेलले बताए । पेखरेलले बताए अनुसार १ सय ३० जना आँखा रोगी मध्ये ३७ जनालाई मोतिया विन्दु भएको बताए ।  नेश्नल टाइगर्स क्लबले नि : शुल्क आँखा शिविरको नामा स :शुल्क शिविर चलाइएको पाइएको छ । आँखाका विरामीहरुलाई नि : शुल्क आँखा शिविर भन्दै क्लबले विरामीको नाम दार्ता शुल्क ३० रुपैँया लिने गरेको र औषधी र चस्मा बापत रु १ सय देखी ५ सय ५० रुपैँया सम्म असुली गरेको आँखा जाँच गर्न आएको बिरामी सनिचर यादवले बताए ।

तपाईको प्रतिक्रिया