- अमर काफ्ले

सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा प्रदेश नम्वर ५ बिजयी भएको छ ।
इनरुवा खेल मैदानमा समपन्न खेलमा प्रदेश नम्वर ५ ले भारतीय क्रिकेट क्लब सुपौललाई २३ रनले पराजित गरेको छ ।
२ सय ५४ रनको लक्ष पछ्याएको भारतीय टिमलाई ४९ दशमलव १ ओभरमा २ सय ३० रनको स्कोरमा अलआउट पार्दै २३ रनको जित निकालेको प्रदेश नम्वर ५ ले गु्रप सी अन्र्तगतकोे खेलमा बिजयी सुरुवात गरेको हो ।
सुरुवाती ओभरमा सम्हालिएको प्रर्दशन गरेको भारतीय टिमका ब्याट्सम्यानहरु लामो सट हिर्काउने प्रयासमा आउट भएका थिए ।
नेपाली बलरलाई कमजोर आँक्दै दबाबमा राख्न खोज्दा भारतीय ब्याट्सम्यानहरु पेविलियनको बाटो रोज्न बाध्य बने । उसका ४ ब्याट्सम्यान बोल्ड आउट भएका थिए ।
प्रदेश ५ लाई जित दिलाउने क्रममा रुपेश कुर्मी एक्लैले ५ विकेट चट्काए । ७ दशमलव १ ओभर बलिङ गरेका कुर्मीले मात्र २९ रन खर्चिए ।
भारतीय टिमका तर्फबाट जयचन्द यादवले ४० रनको पारी खेलेका थिए । त्यसैगरी राजेश सिङले ३९ रन जोड्दा उत्कर्श भास्करले ३७ र रिन्कु सिंहावतले ३४ रन बनाए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्वर ५ ले ४९ दशमलव २ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २ सय ५३ रन जोडेको थियो ।
टिमकालागि प्रकाश केसीले ४६ रनको पारी खेल्दा सुबेन्डु पाण्डेले ४०, कृष्ण कार्कीले ३८ र सन्दिप सुनारले ३० रन बनाए ।
भारतीय टिम सुपौलकालागि सिवान्सी राजा,इन्द्रजित पोदार र मयंक पमनानीले समान ३–३ विकेट लिए ।
खेलको म्यान अफ द म्याच रुपेश कुर्मी घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश नम्वर ७ र प्रदेश नम्वर ५ बिच हुने छ ।

तपाईको प्रतिक्रिया