पाँचथर।  मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिममा गएराती भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम २ का ४३ वर्षीय जगत नेपाली रहेका छन । दुर्घटनामा ट्याक्टर चालक फिदिम ४ निवासी विजय वर्देवा सहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी रहेका छन् । उनीहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राती नै झापाका र विराटनगरका विभिन्न अस्पताल लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो । लालीखर्कवाट फिदिमतर्फ आँउदै गरेको मे १ त २९६१ नम्वरको ट्याक्टर फिदिम २ ओदिन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia