- मिकाइल आलम

इनरुवा । सुनसरीको दुहबीमा मोटरसाइकल सहित डुबेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का अन्दाजी ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको जनाइएको छ ।

को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा प्रहरीले बिहीबार बिहान शव भेटेको थियो । इलाका प्रहरी कार्यालय दुहबीले भेटिएको शव मापसे सेवन गरी अनियन्त्रित भई नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ भने शवलाई पानीबाट निकालेर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । शव लाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ भने यसबारेमा थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia