- अमर काफ्ले

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत सेमिफाइनलको पहिलो खेलमा नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । आज समपन्न खेलमा प्रदेश नम्बर ७ माथि २ सय रनको भारी जित निकाल्दै नेपाल पुलिस क्लब उपाधी नजिक पुगेको छ । इनरुवा खेल मैदानमा ३ सय २४ रनको रन पछ्याएको प्रदेश ७ लाई ३१ दशमलव ३ ओभरमा १ सय २३ रनमा समेट्दै पुलिसले प्रतियोगितामा अविजित यात्रा कायम राखेको छ । पुलिसलाई सहज जितसँगै फाइनलको टिकट पक्का गराउन सागर ढकाल एक्लैले विपक्षीका ५ महत्वपूर्ण विकेट चटकाए । ९ दशमलव ३ ओभर वलिङ गरेको ढकालले २ मेडन राख्दै ३१ रन खर्चिएर प्रदेश ७ का ५ ब्याट्सम्यानलाई पेविलियन फर्काएका थिए । प्रदेश नम्वर ७ का लागि विपिन रावल र लोकेश बमले समान २६–२६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्हालिएको प्रर्दशन गर्न सकेनन् ।

Posted by Inaruwa Online on Thursday, 17 January 2019

पुछारका ब्याट्सम्यान नारायण जोशी र नरेन्द्र साउदले टिमको खातामा ३२ रन जोडेको खेलमा तीनजना शुन्य रनमा आउट हुन पुगेका थिए । अन्यले दोहोरो रनको आंकडा छुन समेत सकेनन् । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले दिलिप नाथको शतकीय पारीसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २३ रन जोडेको थियो ।

Posted by Inaruwa Online on Thursday, 17 January 2019

आक्रामक ब्याटिङ गरेका नाथले १ सय २५ बल खेल्दै ९ चौका र ५ छक्काको मद्दतमा नटआउट १ सय १६ रनको पारी खेले । टिमलाई उच्च योगफल तर्फ डो¥याउन पुलिसका क्यापटेन मन्ञित श्रेष्ठले अर्धशतक बनाए । बिकास आग्रीको बलमा बोल्ड हुनुपूर्व श्रेष्ठले ३३ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५३ रनको पारी खेलेका थिए । प्रदेश ७ का बिकास आग्रीले पुलिसको ३ विकेट लिएका थिए । अब उपाधीकालागि नेपाल पुलिस क्लबले प्रदेश नम्वर १ र नेपाल आर्मीबिच भोलि हुने दोस्रो सेमिफाइनलको बिजेतासँग प्रतिष्पर्धा गर्ने छ ।

Posted by Inaruwa Online on Thursday, 17 January 2019

तपाईको प्रतिक्रिया

trusted online casino malaysia