- अमर काफ्ले


सुनसरीको इनरुवामा समपन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ ।
इनरुवा खेल मैदानमा समपन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधीमाथि कब्जा जमाएको हो ।
जितकालागि २ सय ५० रनको लक्ष दिएको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई १ सय ६६ रनमा अलआउट पार्दै उपाधी हात पारेको छ । बिजेता टोली त्रिभुवन आर्मीले नगद ४ लाख १ हजार सहित ट्रफि हात पारेको छ ।
उपाधी चुम्नबाट चुकेको पुलिसले उपबिजेतामा चित्त बुझाउँदै नगद २ लाख १ हजार प्राप्त गरेको छ ।
खेल अवलोकनकालागि इनरुवा पुग्नु भएका उपप्रधान तथा रक्षा मंत्री इश्वर पोखरेलले बिजेता टोली सहितलाई पुरस्कार बितरण गर्नु भएको थियो ।
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४९ रनमा आउट हुन पुगेका थिए ।


आर्मीकालागि राजेश पुलामीले अर्धशतकीय पारी खेल्दा कुशल मल्ल भने अर्धशतक बनाउनबाट १ रनले चुकेका थिए । टिमकालागि पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाएका थिए ।
पुलिसका दिपेश श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ विकेट लिएका थिए ।
बिजयी लक्ष साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले केवल १ सय ६६ रन मात्र जोड्न सक्यो । ४२ दशमलव ५ ओभरमा अलआउट भएको पुलिसकालागि योगेन्द्र सिङ कार्कीले ५१ रन जोडेपनि जितकालागि पर्याप्त भने हुन सकेन् । पुलिसका हिमान्सु दत्तले २९ र अमित श्रेष्ठले २५ रनको पारी खेले ।
पुलिसलाई सस्तैमा समेट्दै टिमकालागि जित दिलाउन आर्मीका सहाब आलम र कुशल मल्लले समान ३–३ विकेट चट्काए ।
फाइनल खेलको म्यान अफ द म्याच आर्मीका कुशल मल्ल घोषित हुँदा प्रतियोगितामा अनुशासित टिम भने प्रदेश नम्बर ७ बन्न सफल भएको छ ।


बेस्ट बलर पुलिसका सागर ढकाल घोषित भएको प्रतियोगिताको बेष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बनेका छन् । ढकाल र सार्कीले नगद २० हजार १ सय प्राप्त गरेका छन् । प्रतियोगिता भर उत्कृष्ठ खेलको प्रर्दशन गरेका पुलिसका दिलिप नाथ म्यान अफ द सिरिज चुनिएका छन् । उनले नगद ५१ हजार रासी हात पारेका छन् । त्यसैगरी उदयमान खेलाडी इनरुवाका सरोज बस्नेत घोषित भएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia