काठमाडौँ / प्रतिपक्षी कांग्रेसले उत्तर कोरियाली शासन उन्मुख भएको आरोप लगाइरहँदा भेनेजुएलाबारे अनावश्यक विज्ञप्ति जारी गरेर सरकारले अन्तर्राष्ट्रिय आलोचनासमेत निम्त्याएको छ । सरकारले दक्षिण एसियाली श्रीलंका र माल्दिभ्सको संकटमा यसरी वक्तव्य जारी गर्न हतारिएको थिएन । माल्दिभ्सको घटनामा त सरकारले कुनै विज्ञप्ति नै जारी गरेर भने श्रीलंकाको सम्बन्धमा नजिकबाट लियालिरहेको मात्र भनेको थियो ।

नेपालको कूटनीतिकबाहेक अरु कुनै सम्बन्ध नरहेको भेनेजुएलाको बारेमा यसरी हतारिनुको कारणबारे विज्ञहरु नै अलमलमा परेका छन् । कतिपयले कम्युनिष्टहरुको विश्व सञ्जालबाट आएको यो वक्तव्य सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालले जारी मात्र गरेको समेत आशंका गरेका छन् ।  उनीहरुले यस्ता वक्तव्यलाई इन्डो प्यासिफिक क्षेत्रसँगको नेपालको सहकार्यलाई जोडेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia