- अमर काफ्ले


दर्शक अभावमा इनरुवाको एकमात्र सिनेमा घर बन्द भएको छ । कमल टाकिजका नाममा रहेको सिनेमा घर पछिल्लो केही महिनायता इनरुवाका युवाहरुले सञ्चालन गर्दै आएका थिए । मासिक ६० हजार भाडा बुझाउने गरी हल संचालन गर्दै आएका स्थानीयहरुले दर्शक अभावमा खर्च धान्न नसकेको भन्दै सिनेमाको प्रर्दशन छाडेपछि हल बन्द हुन पुगेको छ ।

भाडामा हल संचालन गर्दै आएका मध्येका केशव वस्तीले हलमा आउने दर्शक न्यून बनेपछि बाध्यतावश बन्द गर्नु परेको बताए ।जस्तोत्यस्तो फिलिम चल्दै चल्दैन् । पछिल्लो समय आश गरिएका फिलिम फ्लप हुँदा र आशातित रुपमा नचल्दा दर्शकनै पाउन मुस्किल भयो । खर्च छान्ननै मुस्किल भएपछि तत्कालकालागि हल बन्द गर्ने निर्णय गरिएको वस्तीले बताए । पूनः संचालनमा ल्याउने वा नल्याउने भन्ने विषय भने यकिन भैनसकेको उनले बताए । दर्शक अभावलाई कारण देखाएर हल बन्द गरिएको बताएपनि संचालकबिचको मनमुटावको कारण हल बन्द हुन पुगेको अडकल बाजि समेत गरिएको छ ।
सुचना र प्रविधीको विकासक्रमसँगै पछिल्लो समय सिनेमा हेर्न हल पुग्ने जमातमा क्रमशः कमी आउँदो छ । अक्कलझुक्कल र आश गरिएका सीमित चलचित्र बाहेक अन्यको हकमा सिनेमा घरले दर्शकनै पाउन मुस्किल भैसकेको छ ।

तपाईको प्रतिक्रिया