विराटनगर । कालो पारर्दशी पहिरन, टु पिस लगाएर जब मन्चमा वलिउड आइटम गर्ल राखी सावन्त उपस्थीति भइन् मैदानभरी जम्मा भएका भीडले ताली बजाएर स्वागत गरे । स्थानिय कलाकारको साथमा राखीले हिन्दी ‘दिलभर दिलभर.. बोलको गीतबाट आफ्नो प्रस्तुती आरम्भ गरिन् । सेक्सी हाउभाहु प्रस्तुती दिने राखीले पहिलो गीतबाट प्रयाप्त मनोञ्जन दिइन् । मन्चको छेउमा राखिएको एनर्जी डिूग पिउँदै नाच्दै गरेकी राखीले सुरुवातमा पाँच मिनेट नाचीन् ।

नेपाली भाषा बोल्न नजाने पनि उद्घोषको साहारामा उनले नेपाल राम्रो लागेको बताउँदै नेपाली आइटम गीतमा नृत्य गर्ने बताइन् । पहिरन फेरेर आधा घण्टापछि मन्चमा पुनः आइन् । ‘छड्के तिलहरी’को साथमा फरिया चोलीमा मन्चमा आएकी राखीले हिन्दी गीतसँगै नेपालको चर्चित आइटम गीतमा नृत्य गरिन् । उनले ‘काले दाई काले दाई… बोलको गीतमा नृत्य गर्दै मैदानभरी सहभागिलाई नचाइन् । आफुलाई साना बालवालिका मन पर्ने बताउँदै उनले स्थानिय बालवालिकासँग पनि नाचिन् । उनको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिए । उनले नेपालमा आएर प्रस्तुति दिन पाउनु आफ्नो लागि अवसर भएको बताइन् ।

विराटनगर महानगरपालिको सिमाना जोडिएको कटहरी गाउँपालिका स्थित गोपाल फन पार्कमा बुधबार राती भएको बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ मा चिर्चित कलाकारको साथमा यहाँका उद्योगी, व्यापारी, राजनितीकर्मीदेखी सर्वसाधरणले मनोञ्जन लिए । काले दाइ काले दाई…. बोलको गीतमा राखी नृत्य गर्दा तन्नेरी युवाहरूले ‘वान्समोर’ भन्दै चिच्याए । दर्शदीर्घाबाट निरन्तर हुटिङ भयो । वान्स मोरको आवाज सुनियो । २० मिनेटको प्रस्तुतिबीच ‘लेटेस्ट’ हिन्दी र ‘रिमिक्स’ गीतमा दमदार प्रस्तुति दिइन् । माघको जाडाको कुनै प्रभाव नगरी राखीको प्रस्तुती र्हेन विराटनगरमात्र नभएर इटहरीदेखी पूर्वका विभिन्न स्थान र सिमावर्ती बजार जोगवनीबाट समेत दर्शकहरू आएका थिए । राखीसँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा कौरले प्रस्तुतीले समेत थप आर्षण बन्यो । शाहंशाह इन्टरनेशनलको आयोजनामा उक्त साँगीतिक कार्यक्रम भएको थियो ।

७ बजेदेखी सुरु भएको कार्यक्रम १० बजेसम्म चलेको थियो । कार्यक्रममा स्थानिय कलाकारहरूको समेत प्रस्तुती रह्यो । कार्यक्रमका संयोजक सलिम अन्सारीले विराटनगरमा पहिलो पटक बलिउड कलाकार ल्याएर गरिएको कार्यक्रम पूर्णतः सफल भएको बताए । यसले हामीलाई थप कार्यक्रम गर्न हौसला मिलेको बताए । अन्सारीले यस्ता कार्यक्रमले स्थानीय कलाकारमा पनि उत्साह थपिएको बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia