- अमर काफ्ले

नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदारले नेपाली कांग्रेसमाथि जाई लागेको वर्तमान ओली सरकार पत्ता साफ हुने बताउनु भएको छ । वर्तमान सरकार कांग्रेस सिध्याउन र कमजोर पार्न बल प्र्रयोगमा उत्रिन थालेको आरोप लगाउँदै नेता गच्छदारले विश्वबाट कम्युनिष्ट परास्त भएझै नेपालबाट समेत कम्युनिष्टहरु पत्ता साफ भएर जाने धारणा व्यक्त गर्नु भएको हो ।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै गच्छदारले ओली सरकारलाई हावादारी सरकारको संज्ञा समेत दिनु भयो । मुलुकमा भएका निर्णायक आन्दोलन देखि ऐतिहासिक कालखण्डको साक्षी रहेको नेपाली कांग्रेसलाई सिध्याउछु भन्ने ओली सरकारको मनसाय दिवास्वप्न मात्र हुने गच्छदारको भनाई थियो । बहुमतको दम्भमा अधिनायकवाद तर्फ लम्केको सरकार बेलैमा नसच्चिए कांग्रेसको अगुवाईमा हुने सशक्त आन्दोलनले कम्युनिष्ट सरकारलाई पत्ता साफ गराई छाड्ने गच्छदारले चेतावनी समेत दिनु भएको छ ।

बिरोध सभामा कांग्रेसका केन्द्रिय नेताहरु ज्ञानेन्द्र कार्की, मिनबहादुर विश्वकर्मा सहित प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतकाले सम्बोधन गर्नु भएको थियो । विरोध सभा पूर्व जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीले नगरको परिक्रमा गर्दै सरकार विरोधी नाराबाजी गरेको थियो ।

तपाईको प्रतिक्रिया