इनरुवा। गैर कानुनी रुपमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गरेको अभियोगमा पक्राउ परेका एलेन कलेज अफ ईन्जिनियरिङ प्रालिका अध्यक्ष अस्वस्थ भएपछि प्रहरीले उनलाई उपचार गर्न समय दिएको छ। संचालक बिनोद शर्मालाई म्याद थप गरी नियन्यत्रणमा राखेको सुनसरी प्रहरीले अध्यक्ष मेहताका सवालमा भने स्वास्थ्यमा खराबीका कारण निगरानीमा रहनेगरी परिवारलाई जिम्मा लगाइएको जनाएको छ ।

सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार उपचारको क्रममा रहेको र मुटु सम्वन्धी समस्या पाइएकाले मेहतालाई प्रहरी निगरानीमा रहने गरी परिवारको जिम्मा लगाइएको हो । उपचारसँगै स्वास्थ्यमा सुधार भएपछि मेहतालाई जिल्ला प्रहरी कार्यालयमा झिकाई नियन्त्रणमा लिएर कानुनी कार्वाही अघि बढाइने फुयालले जनाएका छन्।

प्रहरीले संचालक शर्मा उपर भने ठगि मुद्दामा मंगलवारनै जिल्ला अदालत सुनसरीबाट ६ दिने म्याद थप गरि अनुसन्धानकालागि नियन्त्रणमा राखेको छ। ठगि मुद्दामा संचालक र अध्यक्ष दुवै उपर प्रहरीले कार्वाहीको प्रकृया अघि बढाउँदै गर्दा शर्मा नियन्त्रणमा रहनु र मेहता भने स्वास्थ्यमा खराबीका कारण बाहिरै रहेको भन्दै स्थानीय तहमा बेल्लाबेल्गै बहसको अवस्था सीर्जना हुन पुगेको छ ।

प्रहरीले भने स्वास्थ्यमा खराबी देखिएकै कारण मेहतालाई पक्राउ गरि नियन्त्रणमा नराखिएको जनाउँदै स्वास्थ्यमा सुधार हुने बित्तिकै नियन्त्रणमा लिइने स्पष्ट पारेको छ । यसैबिच प्रहरीमा परेको अभिभावक र विद्यार्थीको उजुरीका आधारमा सुनसरी प्रहरीले एलेन कलेज उपर स्थलगत अनुसन्धान थालेको छ । जिप्रकाबाट परिचालित प्रहरी निरीक्षक नेतृत्वको टोलीले कलेजमा पुगी कागजात संकलनसँगै अनुसन्धानको प्रकृयालाई अघि बढाएको छ । कलेजले सीटीईभिटीबाट सम्वन्धन नलिई विद्यार्थी भर्ना गरी मनोमानी शुल्क लिएर आफुखुशी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलपमेन्ट १३ सय २० घण्टाको कार्यक्रम संचालन गर्दै आएको पाइएको थियो ।

सम्बन्धित समाचारका लिंकहरु:

एलेन कलेज संचालक बिनोद शर्मा पक्राउ : ६ दिन म्याद थप

एलेन कलेज उपर आवश्यक कार्वाही गर्न प्रहरीलाई प्रशासनको आदेश

ऐलेन कलेजको कार्यक्रम बन्द गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको परिपत्र

सीटीईभिटीको इजाजत बेगरै इनरुवामा ऐलेन कलेज सञ्चालन चर्को शुल्क असुलेको भन्दै अख्तियारमा उजुरी

तपाईको प्रतिक्रिया