काठमाडौं । जापानले सरकारीस्तरबाट नेपाली कामदार लैजानेबारे प्रारम्भिक छलफल भए लगत्तै भाषाको ‘खेती’ सुरु भयो । अहिले जापान जाने चाहनामा भाषा सिक्नेको लहरै चलेको छ । तर, कामदार आपूर्तिबारे दुई देशबीच ठोश सहमति भएको छैन । हल्लै–हाल्लको पछि लाग्ने प्रबृत्ति जापनिज भाषा सिकाईमा पनि देखिएको छ ।

पुस अन्तिम साता जापानी विदेशमन्त्री तारो कनो नेपाल आएका बेला नेपाली कामदार लैजानेबारे दुई देशबीच छलफल भएको थियो । त्यसैलाई आधार मानेर जापानले पनि दक्षिण कोरियाले जस्तै भाषा परीक्षा लिएर कामदार लैजाने ‘हल्ला’ भयो । त्यही ‘हल्ला’ बढ्दै जाँदा यतिबेला काठमाडौंमा जापनिज भाषा सिक्ने लहर चलेको छ ।

काठमाडौका बागबजार, चाबहिल, नयाँ बसपार्क, कलंकीलगायत स्थनमा रोजगारीका लागि जापान जानेका लागि भन्दै इन्सिच्युटहरुले मापदण्ड र पाढ्यक्रम विना नै भाषा कक्षा चलाइ रहेका छन् । शुल्क पनि मनोमानी छ । ‘वेसिक कोर्स’का लागि १० देखि २५ हजारसम्म लिइन्छ । भाषा परीक्षा उत्तीर्ण गर्न कति अंक ल्याउनु पर्ने हो भन्नेसमेत जानकारी छैन ।

सरकारी स्तरमा निर्णय नभएकाले भाषा अध्ययन गर्नेलाई जापानले कसरी कामदार लैजान्छ भन्ने जानकारी नहुनु स्वभाविकै हो । हल्लाकै पछाडि लागेर भाषा सिकिरहेका अधिकांश तत्काल प्रक्रिया सुरु भएर जापान गइन्छ भन्नेमा विश्वस्त छैनन् । लहलहै र इन्स्टिच्युटको आश्वासनले बढी काम गरेको छ ।

जुनसुकै भाषा सिक्नु त राम्रो हो । तर, सरकारी स्तरबाटै जापान पठाउने निश्चित भयो भने पनि यस्तो सिकाईको निश्चित मापदण्ड र पाठ्यक्रम पक्कै बन्ने छ । यसरी हल्लै हल्लाको भरमा इन्स्टिच्युटहरुको कमाई बढाइदिने मात्रै हो भने भोलि आउने मापदण्ड पूरा गर्न नसक्दा भाषा सिकेकामा निरासा बढ्न सक्छ ।न्युज २४ को सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia