प्रदेश नम्वर एकका मुख्य मंत्री शेरधन राईले प्रदेश सरकारले आशातित काम गर्न नसकेको भन्नेहरुकालागि केहि दिन भित्रमै उचित जवाफ फर्काइने बताउनु भएको छ । एक वर्षको अवधीमा प्रदेशमा कहाँ , के र कति काम भए पूर्ण विवरण सहितको पारदर्शी तथ्याङक एकमुष्ठ जनतासामू ल्याउने तयारीमा प्रदेश सरकार जुटेको मुख्य मंत्री राईले बताउनुभयो । प्रदेश नम्वर एक मुलुककै उत्कृष्ठ बन्ने आशय व्यक्त गर्नु भएका मुख्य मंत्री राईले प्रदेश सरकार हचुवा र काजगी आधारमा नभई कानुन संगत ठोस नीति र कार्ययोजना साथ अघि बढ्दा सुरुवाती अवस्थामा जनअपेक्षा अनुरुपको उपलब्धी महसुस दिलाउन नसकिएको बताउनु भयो ।

पाइलट च्यानलहरु क्रमश अघि बढ्दै छन् । क्रमागत रुपमा बिकास निर्माणले तिव्रता पाउँदा समग्र प्रदेश एकले मुहार फेर्ने मुख्य मंत्री राईको विश्वास थियो । मुख्य मंत्री राई सुनसरी सदरमुकाम इनरुवामा भौतिक पूर्वाधार बिकास मन्त्रालयले कोशी कटानमा निर्माण गर्न लागेको प्रदेश एककै ठुलो परियोजना कोशी रिफ्रेस्मेन्ट सेन्टरको परियोजना कार्यालय स्थापनाकालागि पुग्नु भएको थियो । कार्यक्रममा प्रदेश एकका सबै मंत्री र सचिव सहित प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहितको उपस्थिती रहेको थियो ।

कोशी गाउँपालिकाको कटान क्षेत्रको करिव २० विगाह क्षेत्रफलमा निर्माण गर्न लागिएको रिफ्रेस्मेन्ट सेन्टर मुलुककै नमुना र अत्याधुनिक सुविधा सम्पन्न हुने बताइएको छ । २ वर्ष भित्र काम सम्पन्न गर्ने गरी स्थापना गरिएको परियोजना कार्यालयले परियोजना निर्माणको अनुमानित लागत ६० करोड हुने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया