भाण्टावारी।सुनसरीको भाण्टावारीबाट नेपाल प्रहरीले लागूऔषध सहित एकजना लाई पक्राउ गरेको छ । कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारी बाट चेकजाँचको क्रममा लागूऔषध सहित एकजना लाई पक्राउ गरिएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ ।

आइतबार दिउँसोको समयमा चेकजाँचको क्रममा भाण्टावारी चौक बाट ३३ पीस नाट्रोजेनाम र १० पीस स्पासमो सहित सप्तरी कंचनरुप नगरपालिका वार्ड ८ बैरवा बस्ने वर्ष २४ का सन्तोष शर्मालाई नियन्त्रणमा गरी आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया