ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ सिमल बोटमा आईतबार राती आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद भई सोही स्थानका बर्ष २२ को बिश्व सेङदान, बर्ष १७ को सरोज सेङदान र बर्ष १९ को मिखे तामाङ लगाएत ४र ५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना आएका फुङलिङ नगरपालिका(८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, बर्ष ३० को पेम्बा शेर्पा र बर्ष ३२ को पासाङ शेर्पा घाइते भएका हुन । धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया