- नसीम अन्सारी

इनरुवा।सुनसरीको दक्षिणवर्ती हरिनगर गाउँपालिका वडा नम्बर ५ बसन्तपुर शिशुवामा आगलागी भएको छ । आगलागीमा १२ वटा टिनको छानो भएको घरहरु पुर्ण रुपले जलेर नष्ट भएको छ । घर भित्र रहेको सबै समानहरु लत्ताकपडा, खाद्यान्न, धान, गहुँ, काठका सबै सरसामान जलेर सखाप भएको स्थानीय प्रहरी चाैकी शिशुवा बस्नतपुरले जनाएको छ। आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको बताइएको छ ।

आगलागी अशेशर यादव को १ वटा घर, गोठालो, भान्साघर, अर्को कुशुमलाल यादवको पाँच वटा घर, एउटा गाई गोठ, भान्साघर, जोगेनद्र यादवको २ वटा घर, लिलम्बन यादवको एउटा घर, उर्मिला देवी यादवको १ वटा घर, अशोक यादवको एउटा घर, आनरुद्र यादवको एउटा घर र सातै जनाको घर भित्र रहेको सबै सरसामानहरु जलेर नष्ट प्रहरीले जनाएको छ । आगलागी शस्त्र प्रहरी बल बि ओ पि बसन्तपुर, प्रहरी चोकी शिशुवा धरमपुर बस्नतपुर, स्थानीय बासी, इनरुवा नगरपालिकाको वरुणयन्त्र, दुहबी नगरपालिकाको वरुण यन्त्र, इटहरी उपमहानगरपालिकाको वरुण यन्त्र दुई घण्टा पछी नियन्त्रणमा लिएको थियो । आगलागी २ बजे भएको थियो र ४ बजेर १५ मिनेट मा नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया