उत्तरी धुव्रको बारेमा त तपाईले सुन्नु नै भएको होला । यो संसारको अन्तिम सडक हो जहाँपछि अर्को कुनै बाटो छैन । यो पृथ्वीको सुधुर उत्तरी विन्दुमा रहेको छ । यहीँ धुरीमा हाम्रो पृथ्वी घुम्छ । आर्कटिक महासागरमा रहेको यस स्थानमा सधै बरफको मोटो तह जमिरहन्छ । यो नर्वेको अन्तिम कुना हो । यहाँबाट अगाडी जाने सडक संसारकै अन्तिम सडक मानिन्छ । पृथ्वीको यो कुना र नर्वेको जुन सडक जोडिन्छ त्यसलाई ई सिक्सटीनाइन को नामबाट चिनिन्छ । यसलाई विश्वको अन्तिम सडक पनि भनिन्छ किनभने त्यहाँबाट अगाडी अर्को कुनै सडक नै छैन ।

सिक्सटीनाइन करिब १४ किलोमिटर लामो राजमार्ग हो । यो सडकमा कसैलाई पनि एक्लै नहिड्न हिड्न परे साथमा कसैलाई लिएर हिड्ने सल्लाह दिइन्छ । यदि त्यहाँ कोही एक्लै जान्छ भने उसको हराउने सम्भावना हुन्छ । उत्तरी धुव्र नजिक भएको कारण यहाँ चिसो रात कहिल्यै समाप्त हुँदैन र गर्मीमा कहिल्यै सूर्य अस्ताउँदैन ।

कठ्यांग्रिदो चिसोमा त्यहाँ मानिसहरु माछाको व्यापार गरेर जीवन यापन गर्ने गर्छन् । सन् १९३० मा त्यस क्षेत्रमा विस्तारै विकास हुन थाल्यो र १९३४ मा पुगेर स्थानीय बासिन्दाहरुले मिलेर त्यस स्थानलाई विश्वभरीको पर्यटकलाई स्वागत गर्ने थलोको रुपमा विकास गर्ने निर्णय लिए ।

अहिले विश्वको कुना कुनाबाट मानिसहरु उत्तरी धुव्र घुम्नलाई आउने गर्छन् । त्यहाँ घुम्नुको अर्थ जिवितै स्वर्ग प्राप्त गर्नु सरह हो । त्यहाँ मध्यराती सूर्य र धुव्रिय प्रकाशको दृश्यलाई देखेर मानिसहरु आश्चर्य चकित हुन्छन् । त्यहाँ मानिसहरु वर्षको अन्त्यमा जान मन पराउँछन् । उत्तरी धुव्रको अर्को विशेषता के छ भने त्यहाँका मानिसहरु एक्लै नै बस्न बढि रुचाउँछन् ।साझासबालको सहयोगमा

तपाईको प्रतिक्रिया