- जयकृष्ण यादव

इनरुवा। फेब्रुअरी १३ का नेपालमा पनि विश्व रेडियो दिवस मनाइएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सोही आधारमा नेपालमा पनि यो दिवश मनाइन्छ । त्यसयता हरेक रेडियो दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्रा्ष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९९ वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६८ वर्ष पुगेको छ । भोजपुरमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । विस. २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या एक हजार ३२ बढि पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांक छ ।

सामुदायिक रेडियोको छाता संगठन सामुदायिक रेडियो प्रशारक सङ्घ (अर्कोयाब) को सर्वे अनुसार पनि वार्षिक रुपमा स्रोताहरु घट्दै गएको छ । विश्व रेडियो दिवसको अवसर पारेर अर्कोयाब केन्द्रीय समितिले हालै तीन दिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको र त्यस सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोका प्रमुख तथा प्रतिनिधि, रेडियो अभियन्ता र सञ्चार क्षेत्रका अगुवाको सहभागिता रहेको थियो । उनीहरुले रेडियोको संख्या बढेको तर गुणस्तर दिनदिनै घटेको प्रति चिन्ता व्यक्त गरेका छन् । विश्व रेडियो दिवसको यस वर्षको नारा ‘संवाद, सहिष्णुता र शान्ति’ रहेको थियो । सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछी आजसम्म रेडियो र यसका संरचनाहरुले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ ।

२००७ साल मंसिर २८ गते बिहान ८ः३० बजे एउटा आवाज सुनियो “यो नेपाल प्रजातन्त्र रेडियो हो, हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौ“ । यो नै नेपाली इतिहासमा रेडियोबाट बजेको पहिलो आवाज हो । यसै रेडियोलाई पछि रेडियो नेपाल नामाकरण गरिएको हो । नेपालमा सरकारी स्तरबाट प्रसारण थालिएको झण्डै ५० वर्षपछि गैर सरकारी क्षेत्रमा एफएम प्रविधिको प्रयोग गरि रेडियो प्रसारण गर्नका लागि इजाजत दिने काम सुरु भयो । वि.स. २०५४ सालमामा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैर सरकारी रेडियो स्टेशनको रुपमा स्थापना भयो । विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । नेपालमा २०५४ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।

सुनसरीमा पहिलो पटक सप्तकोशी एफएम खुलेको र त्यसयता एफएम रेडियो तथा सामुदायिक रेडियोको संख्या डेढ दर्जन पुगेको छ । सुनसरीमा जतीजती रेडियो खुल्ने क्रम बढेको छ त्यती नै स्रोता घट्दै गएको छ । अर्कोतिर संचार माध्यममा रेडियो प्रभावकारी भएपनि यसलाई बाग्र्रेनिगंको कडीका रुपमा मालिकहरुले लिएका कारणले गुणस्तर घट्नुका साथै अनियमितता, भ्रष्टाचार र कुशासनलाई बढ्वा दिएको छ । काठमाण्डौ पछि २०५६ सालमा उपत्यकाबाहिर पहिलोपटक व्यवसायिक रेडियोको रुपमा मनकामना एफएमले हेटौँडाबाट प्रशारण आरम्भ गर्यो । व्यवसायिक एफएम राजधानीमा मात्रै सीमित रहेको अवस्थामा मनकामना एफएमले इतिहास रचेको पाइन्छ ।

यो मनकामना एफएम हाल बन्द भएपनि त्यतिबेला कार्यरत सञ्चारकर्मीहरुले अहिले मुलुकका विभिन्न स्थानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । केहि समय नेशनल एफएम संचालनमा आयो तर धेरै बर्ष संचालनमा रहन सकेन । सुनसरीमा अहिले सुनसरी सामुदायिक रेडियो, गणतन्त्र रेडियो, विजयपुर, रेडिया धरान, स्टार, दन्तकाली एफएम, तरहरा, इटहरी एफएम, नमस्ते एफएम, रेडियो रामधुनी, रेडियो झुम्का, कोचिला एफएम, एड्भान्स एफएम, पपुलर एफएम , रेडियो पूवोदय, रेडियो परिवर्तन सहित १७ वडा रेडिया र एफएम संचालनमा रहेका छन् । सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गए पनि रेडियोले आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ ।

के दिनुपर्ने हो रेडियो एफएमले ?
नेपालमा वा विश्वमा नै रेडियो प्रसारण शुरु गर्नुको मूख्य उदेश्य सूचना, मनोरञ्जन, शिक्षा, सचेतना र ज्ञानको प्रवाह गर्नु थियो । यो पवित्र उदेश्यलाई एफएम वा रेडियोको मालिक वा सञ्चालकहरुले लत्याएर आफू कमाउ खाने भाडोको रुपमा लिएको गुनासो बढी आउन थालेको छ । नेपालमा विश्वकै धेरै देश भन्दा पछी रेडियो र एफएम खोल्न अनुमती पाउन थालेको तर सबै भन्दा बढी धेरै रेडियो खुल्ने देशमा नेपाल पर्छ। यो धेरै खुल्नु राम्रो पक्ष भएपछि ज्ञानको अभाव भएकाहरुले यसलाई कमाई खाने भाडोको रुपमा मात्रै लिएकाले नेपालको रेडियो सुल्ने ५४ प्रतिशत नागरिकबाट झनझनै घट्दो क्रममा रहेका छन् । वि.सं. २०५२ देखि एफएम रेडियो शुरु भएको हो। सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने स्रोता घटे पनि अझै रेडियोको महत्व घटेको छैन् । नेपालमा रेडियो स्थापना भएको ६ दशक नाघिसकेको छ । सूचना र प्रविधिको विकास राम्ररी भइनसक्दा रेडियोको महत्व ठूलो थियो ।

पहिले पनि महत्वका हिसाबले एफएम रेडियो अगाडि नै रहेको जानकारहरु बताउछन् तर नेपालमा च्याउसरी रेडियो एफएम खुलेको र गुणस्तर नामको केही पनि नदिएकाले स्रोता घटेको पत्रकारहरु बताउँछन् । मेलापात जाँदा, भञ्ज्याङ चौतारीमा अनि भारी बोकिरहँदा यात्राको सहयात्री बन्ने गरेको रेडियोको लोकप्रियता प्रविधिको विकाशसँगै केही मात्रामा कम भएको छ । तर अनलाइन, पत्रिकाको आफ्नै पाठक र टेलिभिजनको आफ्नै दर्शक, स्रोता भएपनि रेडियोका छुट्टै स्रोता रहेको औँल्याउछन्। ’सहज पहुँचका हिसाबले पनि सर्वसाधारणको भरपर्दो सूचनाको साधन रेडियो नै हो।’ रेडियो अझै पनि सस्तो, सहज र सरल सूचना प्राप्त गर्ने माध्यमका रुपमा पहिलो नै रहेको छ।

विगतमा सूचना प्राप्त गर्न रेडियो नेपाल, बिबिसी, अल इन्डिया रेडियो सबैका सामु लोकप्रिय थिए । तर, पछिल्लो समय एफएम रेडियोको विकास र विस्तार भएपछि भने सर्वसाधारणमा सूचनाको पहुँच ह्वात्तै बढेको छ । त्यसपछि रेडियो नेपालभन्दा एफएम रेडियो सर्वसाधारणमा सहज सूचनाको माध्यम बन्न पुग्यो । पछिल्ला समयमा मोबाइलमै विश्वका सबै सूचना आउने भएकाले रेडियोका स्रोता घट्ने क्रममा नै छन् । अनलाइन माध्यम अहिले प्रभावकारी बन्दै आएको छ । तर, पनि सबै पत्रिका, अनलाइन माध्यमहरु गाउँको पहुँचमा पुगेका छैनन्। पुगे पनि खर्चिलो छ । रेडियो र एफएमले आफ्नो चरित्र असल रुपमा प्रस्तुत गर्न नसक्दा शहरबजारमा रेडियो सुन्ने स्रोता घटे पनि अझै गाउँमा सूचनाको माध्यम रेडियो नै रहेका छन् ।

गाउँका स्रोताहरुले पनि झुठो र साचो समाचार, सुचान र विज्ञापन छुट्उयाउन थालेपछि क्रमस स्रोताहरु ओरोलो लागेका छन् । प्रविधिकै कारण रेडियोको आकर्षण केही घटेको भएपनि पहुँचमा अझै रेडियो पहिलो नम्बरमै हुनुपर्ने हो तर विडम्बना संचालकहरुको कमाउ धन्दा र कालोधनलाई सेता पार्ने गलत मनसायले रेडियो एफएम खेलेकाहरुको कारणले रेडियो बदनाम बनेको छ । पछिल्ला समयमा रेडियो जथाभावी खुल्ने क्रम रह्यो । कार्यक्रमको गुणस्तरमा ध्यान नदिँदा रेडियोप्रति वितृष्णा छ । रेडियोले स्थानीय मुद्दा उठाउन नसकेको नेपाल पत्रकार महासंघ प्रदेश एकको सदस्य भएर प्रदेशभरीका रेडियो पत्रकार, मालिक र स्रोताहरुसंग भलाकुसारी र अन्तरकृया गर्दा पाइयो ।

यस्तै जिल्लाका रेडियोहरुमा फैसन सो जस्तो केटाकेटीहरु रहरका लागि आउने र त्यसको फाईदा मालिकले उठाउने गरेका छन् । केही एफएमहरुले राजधानीका रेडियो सञ्जालका कार्यक्रम जिल्लामा पनि बजाउने, काठमाडौंबाटै उत्पादित कार्यक्रम र समाचार प्रस्तुत गर्ने गर्दा रेडियोको स्थानीयतामा प्रश्न उब्जेको छ । समुदायका लागि भनेर खोलिएका सामुदायिक रेडियो व्यावसायिक रेडियो झैँ स्थानीयवासीलाई छाडेर राष्ट्रिय कार्यक्रममा ध्यान दिने गरेका छन् । एफएमका मालिकहरु समेत रेडियो देखाएर ठेक्कापटा गर्ने, तस्कारीका कारोबार गर्ने, अपराधिक कार्यमा अप्रत्यक्ष रुपमा सहभागि हुने, राजनीतिक पहुच कायम गर्ने, कर्मचारीलाई शोषण गर्ने, किसोरीहरुलाई उनको शरिर माथि समेत धावा बोल्ने जस्ता कृदृष्टिबाट आएकाले झनै गुणस्तरको ध्यान नदिएको बताइन्छ ।

रेडियो प्रत्यक्ष जनतासँग जोडिएकाले महत्व अझै रहेको छ तर जहिले केन्द्रिय कुराहरु मात्रै गर्ने र स्थानीयतालाई बाईपास गर्दा कसले र किन रेडियो सुन्ने प्रश्न उठन थालेको छ । कार्यक्रमहरु जुधाउने गर्दा रेडियोको आफ्नो पहिचान के त, कसैको छैन, एउटाले कार्यक्रम गर्यो अर्कोले त्यस्तै कार्यक्रम ल्याउँछ कार्यक्रम समेत काठमाडौंमुखी छन् । दक्ष जनशक्ति अभावले गुणस्तरीयता कमजोर रहेकोे टिप्पणीहरु पाईन्छ । अझै भाषाशैली, स्थानीय भाषा तथा शुद्ध उच्चारणमा समेत रेडियोमा ठूलो समस्या रहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया