इनरुवा । सशस्त्र प्रहरीले भारतबाट लुकाई छिपाइ ल्याइएका ६० हजार बराबरको बोइलर कुखुरा नष्ट गरेको छ । शुक्रबार बिहानै सशस्त्र प्रहरी बल लौकही बाट खटिएको टोलिले भारतबाट लुकाई छिपाइ साईकलमा ल्याइएका ६० हजार मुल्य बराबरको बोइलर कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक आन गुरुङले बताएका छन् ।

भारतबाट ५ वटा साईकलमा अवैध रुपमा ल्याएको बोइलर कुखुरा भोक्राहा नरसिंह गाउँपालीका ४ स्थित नहरचोकबाट सशस्त्र प्रहरीले बरामद गरी जनप्रतिनिधि, क्वारेन्टाइन चेकपोस्टका प्रतिनिधि,प्रहरी,भन्सारका प्रतिनिधि,स्थानियबासी सहितको रोहवरमा खाडलमा पुरी बोइलर कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia