- अमर काफ्ले

सुनसरीको चतराधाममा जारी श्रीराम तारकब्रह्म महायज्ञमा साधुसन्त सहित भक्तजनको भीड लागेको छ । सुनसरीको चतराधाममा आयोजना भैरहेको महायज्ञ नेपालकालागि भने पहिलो पटक हो । श्रीराम तारकब्रह्म महायज्ञ पहिलो पटक ७ सय ५ वर्ष पहिला भारतमा आयोजना भएको मानिन्छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठ चतराधाम सुनसरीको आयोजनामा जारी महायज्ञमा २ लाख बढी भक्तजनको सहभागिता भैसकेको बताइएको छ । सिद्धबाबा डा. कृष्णदासजी महाराजका अनुसार दैनिक २० हजार देखी ३० हजारको हाराहारीमा भक्तजनहरु महायज्ञमा सहभागि हुने गरेका छन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.790509341347393/790509174680743/?type=3&theater
देश विदेशका साधुसन्त सहित हिन्दु धर्मसँग सम्वन्धित चारवटै सम्प्रदायका धर्म गुरुका साथै धर्मानुयायीहरुको उपस्थितीले महायज्ञ सफल भएको सिद्धबाबा डा.कृष्णदासजी महाराजले बताउनुभयो । महायज्ञलाई सबै सम्प्रदायबाट मान्यता प्राप्त भएकाले समेत चतराधामको गरिमालाई थप बढाएको जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठले जनाएको छ । महायज्ञ स्थलमा ९ तले मण्डप निर्माण गरिएको छ । मण्डप भित्र रहेका १ सय ८ हवन कुण्डमा १२ सय साधक साधिकाले एकसाथ १ अरब ६० करोड मन्त्र जाप सहित १६ करोड हवन जारी राखेका छन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.790509341347393/790509178014076/?type=3&theater
चतरामा आयोजित महायज्ञमा खासगरी भारतका साधुसन्त, महन्त सहित भक्तजनको उपस्थिती बाक्लो देखिएको छ । महायज्ञ भोली समापन हुँदैछ । नेपालमै पहिलो र विश्वकै दोस्रो मानिएको श्रीराम तारकब्रह्म महायज्ञलाई दुर्लभ मानिएकाले समेत यज्ञस्थलमा पुगेर धार्मिक अनुष्ठानमा सहभागि हुने तथा दान गर्नेहरुको भीड लागेको देखिन्छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.790509341347393/790509158014078/?type=3&theater

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia