- अमर काफ्ले

सुनसरीको इनरुवामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । इनरुवा खेल मैदानमा नगर प्रमुख राजन मेहताले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका छन् । प्रतियोगितामा नगरभित्रका ३६ वटा विद्यालयले सहभागिता जनाएका छन् । नगरमा सामूदायिक र संस्थागत गरी ५२ वटा विद्यालय रहेपनि प्रतियोगिका रुपमा ३६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिता उद्घाटन समारोहसँगै मार्चपासमा भने सबैजसो विद्यालयले सहभागिता जनाएका थिए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.791504067914587/791502657914728/?type=3&theater
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत दौड, रिले, लङ जम्प, ट्रिपल जम्प, हाई जम्प र भलिबल जस्ता खेल खेलाइने छन् । छात्र र छात्राका भिन्नाभिन्नै प्रतिष्पर्धामा उत्कृष्ठ हुनेलाई शिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिने छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख राजन मेहताले खेल देशको मेरुदण्ड भएकाले विद्यालय तहबाटै प्राथमिकतामा राखेर अघि बढाउने सोच साकार तुल्याउन नगरकालागि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । उनले नगरभित्रका सबै विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै दक्ष जनशक्ति उत्पादनको महत्वकांक्षी योजना अघि सारिएको समेत बताए ।इनरुवा नगरपालिकाले आयोजना गरेको प्रतियोगिता १६ गते पुरस्कार वितरणसँगै समापन गरिने छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.791504067914587/791502681248059/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia