- अमर काफ्ले

सुनसरीको चतराधाम विश्वकै एकमात्र श्रीराम तारमब्रह्म पिठ भएको क्षेत्र बन्न सफल भएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आयोजना गरेको विश्वमै दुर्लभ मानिएको श्रीराम तारकब्रह्म महायज्ञको पूर्णाहुतिसँगै चतराधाम विश्वकै पहिलो श्रीराम तारकब्रह्म पिठ घोषित भएको छ । १० दिन सम्म चलेको महायज्ञमा उपस्थित चतुः सम्प्रदायका जगतगुरु सहित विद्धान तथा हिन्दु धर्मका प्रभुत्व व्यक्तिहरुकासाथै अनि, निर्वाणी, दिगम्बर र महानिर्वाणी गरी चारै अखडा परिषद्का अध्यक्ष तथा वैष्णव सम्राटबाट विभूषित भएका गुरुहरुले चतराधाममा रहेको श्रीरामानन्दाचार्य सेवा पिठलाई महायज्ञको पूर्णाहुतिसँगै श्रीराम तारकब्रह्म पिठ घोषणा गरेका हुन् ।

Posted by Inaruwa Online on Wednesday, 20 February 2019

यसैगरी महायज्ञ पूर्ण गराएका महायोगी सिद्धबाबा डा.कृष्णदासजी महाराज जगतगुरुबाट समेत विभूषित भएका छन् । महायज्ञको पूर्णाहुतिसँगै उनलाई सो पदवी दिइएको हो । घोषणा कार्यक्रममा भारतीय सन्त समाजका शिर्षस्थ व्यक्तिहरु, श्रीराम जन्मभूमिन्यास अध्यक्ष तथा श्रीमणिराम छाउनी पिठका पिठाधिश्वर अनन्तश्री विभूषित श्रीनृत्यगोपाल दासजीको उपस्थिती रहेको थियो । उनलेनै उपस्थित सबैको नेतृत्व गर्दै सिद्धबाबालाई जगतगुरु घोषित गरेका हुन् । जगतगुरुको पदवी पाएसँगै सिद्धबाबा डा.कृष्णदासजी महाराज जगतगुरु रामानन्दाचार्य बनेका छन् ।

Posted by Inaruwa Online on Wednesday, 20 February 2019

मण्डलेश्वर, महामण्डलेश्वर, जगतगुरु सहितको सामूहिक उपस्थितीकाबीच श्रीरामानन्दाचार्य सेवा पिठ विश्वकै पहिलो श्रीराम तारकब्रह्म पिठ घोषित भएसँगै सुनसरीको चतराधाम धार्मिक दृष्टिकोणले हिन्दु धर्मावलम्बीहरुकालागि थप महत्वपूर्ण तिर्थस्थल बन्न पुगेको छ । सुनसरीको चतराधाममा सम्पन्न महायज्ञ नेपालमा आयोजना भएको पहिलो पटक हो । श्रीराम तारकब्रह्म महायज्ञ पहिलो पटक ७ सय ५ वर्ष पहिला भारतमा आयोजना भएको मानिन्छ ।महायज्ञकालागि निर्माण गरिएको ९ तले मण्डप भित्र रहेका १ सय ८ हवन कुण्डमा १२ सय साधक साधिकाले एकसाथ १ अरब ६० करोड मन्त्र जाप सहित १६ करोड हवन गरेका थिए ।
</

तपाईको प्रतिक्रिया

trusted online casino malaysia