भेनोरा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी तथा योजना प्रमुख डा योगेन्द्र कुमार कार्की सहीतको टोलीले ईटालीको भेनोरामा निजि क्षेत्र तथा सामुहिक (सहकारी) द्वारा संचालित स्याउ नर्सरीको अवलोकन गरेका छन।

उक्त अवसरमा संचालक संग बिरुवा उत्पादन बिधि, बिरुवा विभिन्न देशमा पठाउने तथा लागत मुल्य बारे जिज्ञासा राखेकी थिइन। ५०० हेक्टरमा रहेको स्याउ नर्सरीमा बर्षेनी ६० लाख बिरुवा उत्पादन गरि भारत,चीन,कोरिया लागयतका देशमा बिरुवा बिक्री बितरण गर्दै आएको संचालकले जानकारी गराएका थिए । बिरुवा उत्पानको लागि युरोप भरीका सबै देशमा एकरुपता कायम गर्ने कानुन रहेको, युरोप भरी एउटै मापदण्ड रहेको र सरकारले बेला बेलामा निरीक्षण गर्ने गरेको समेत जानकारी दिएका थिए।

नेपालमा अहिले बर्षेनी १४ अर्बको स्याउ आयात भइ रहेको सन्दर्भमा नेपालको जुम्ला, हुम्ला, मुगु, कालीकोट, डोल्पा, मनाङ्ग, मुस्ताङ, सोलुखुम्बु, ताप्लेजुङ जस्तो जिल्लामा फुजि, गाला, गोल्डेन डेलीसियस, जोनार्थन, रिच एन्ड रेड जस्ता प्रजातीका स्याउ खेती गर्ने सम्भावना रहेको राज्य मन्त्री चौधरीले बताइन। युरोपीयन फुजी स्याउ खेती गर्दा बिरुवा लगाएको २ बर्षमा नै दाना दिने भएकोले ४ बर्ष भित्र स्याउमा आत्मनिर्भर भैइ निर्यात गर्न सकिने मन्त्री चौधरीले बताइन। मन्त्रालयमा १० लाख फुजी स्याउको बिरुवा किसान द्वारा माग भैइ आएको योजना प्रमुख योगेन्द्र कुमार कार्कीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया

trusted online casino malaysia