इनरुवा नगरपालिका वडा नम्वर ३ मा खाद्य स्वच्छता समिति गठन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजिन कार्यालय इनरुवाले वडा नम्वर ३ का प्रतिनिधि सहित सरोकारवालाहरुको उपस्थितिकाबीच खाद्य स्वच्छता समिति गठन गरेको हो । गठित समितिको अध्यक्षमा वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरुङ रहेका छन् । समिति ९ सदस्यीय रहेको छ । समिति सदस्यहरुमा सरिता घिमिरे, सविना रेग्मी, सविना पोखरेल, अम्बिका घिमिरे, टीका आचार्य, सलिना नेपाल, तुलषा दाहाल र खाद्य निरिक्षक श्रृजन जोशी रहेका छन् । समिति गठनसँगै वडामा परिचालन हुने गरी जिम्मेवारी समेत तोकिएको छ ।

वडाका कार्यवाहक वडाध्यक्ष कृष्ण पोखरेल लगायतको उपस्थितीमा आयोजित भेलामा समितिको काम कर्तव्य र दायित्वका बारेमा इनरुवाका डिभिजन कार्यालय प्रमुख बिक्रम लिम्बुले प्रष्ट्याएका थिए । कार्यक्रमको मुलभूत उद्येश्य भनेको स्वच्छ खानपिनको बानी बिकास गरिनु रहेको लिम्बुले बताए ।स्थानीय तहमा संचालनमा ल्याइने अनुगमनलाई समन्वयात्मक रुपमा अघि बढाउँदै प्रभावकारी र जवाफदेहीमूखी बनाउन वडास्तरमा गठित स्वच्छता समिति प्रभावकारी हुने लिम्बुको विश्वास छ । कार्यक्रमलाई अन्य वडामा समेत क्रमशः विस्तार गर्दै लैजाने बताइएको छ ।

स्वच्छ अभियान स्वयं नागरिक जागरुक बेगर सम्भव हुँदैन् । स्वास्थ्यको ख्याल गर्दै आमनागरिक स्वयं सचेत हुन आवश्यक रहेको सन्देश प्रवाह गर्न समेत कार्यालयले स्थानीय सरोकारवालासँग थालेको सहकार्यको पहल सकारात्मक सावित हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले जनाएको छ । कर्मचारी अभावकाबीच कार्यालयले पाएको जिम्मेबारी वहन गर्ने प्रयास गरिरहेको बताउने डिभिजन कार्यालय इनरुवाले स्थानीय सरोकारवालाबाट साथ र सहयोगको अपेक्षा समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia