- मिकाइल आलम

इनरुवा। सुनसरीको सीमानाका प्रयोग गर्दै पछिल्लो समयमा चौपाया तस्करी व्यापक बढेको छ । जिल्लाको श्रीपुर, हरिपूर,लौकही,घुस्की सहितका नाका हुदै भारततर्फ चौपाया तस्करी हुने गरेको पाइएको छ । सोहि क्रममा सशस्त्र प्रहरीले बिहिवार सुनसरीको नाका प्रयोग गरेर भारततर्फ लादै गर्दा २८ थान गाई बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल लौकहीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले भारततर्फ लादै गर्दा भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित बोर्डर क्षेत्रबाट २८ थान गाई बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक आनबहादुर गुरुङ्ले बताएका छन् । बरामद गरिएका गाई आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको गुरुङ्ले बताए । जिल्लाको विभिन्न नाका हुदै भारततर्फ चौपाया तस्करीको क्रम बढेपछि पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुले सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया