काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

सम्बन्धन नै नदिएको एआईबीटी कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट रहेको छ । एक्सपर्टबाट मात्रै करिब २ सयको हाराहारीमा विद्यार्थी गएका छन् । त्यसपछि मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत तीन दर्जन कन्सल्टेन्सीबाट ती विद्यार्थी सिड्नीस्थित एआईबीटीमा पढ्न पुगेका हुन् ।

बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अहिले एआईबीटीमा भर्ना गर्ने कन्सल्टेन्सीका अधिकांश सञ्चालकको फोन अफ रहेको छ । गलत क्रियाकलाप गरेका कारण उनीहरु फोन अफ गरी बेपत्तासरह भएका छन् । नेपालमा केही कन्सल्टेन्सीले अस्ट्रेलियामा समेत कन्सल्टेन्सी खोलेर विद्यार्थीबीच चलखेल गर्न यस्तो रणनीति अपनाएको हुन सक्ने आशंका गरिएको छ ।

अस्ट्रेलियामा एक्सपोर्ट, अल्फाबिटा, कंगारुका लोकल कन्सल्टेन्सी सञ्चालित छन् । स्रोतका अनुसार अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को कलेजमा ट्रान्सफर गर्दा मनग्य नाफा हुने भएपछि समस्यामा परेका विद्यार्थीलाई नेपालका कन्सल्टेन्सीको बद्नाम गर्न खोजिएको हो ।

अहिले एक्सपोर्टका बद्री अर्याल र सञ्जीव अधिकारी, मर्सीका राम टण्डन, इम्पल्सका सन्दीप अर्याललगायतका कन्सल्टेन्सी सञ्चालक अस्ट्रेलिया पुगेका छन् । कोही समस्यामा परेका विद्यार्थीको उद्धार गर्न त कोही अर्को कलेजमा ट्रान्सफर गर्न अस्ट्रेलिया पुगेको बताइन्छ । केही कन्सल्टेन्सीका सञ्चालक भारतस्थित अस्ट्रेलियन हाइ कमिसन पुगेका छन् ।

एआईबीटीमा नर्सिङ विषयमा अध्ययन गरिरहेका ७ सय ४३ जना विद्यार्थी मात्रै समस्यामा परेको जानकारी गराउँदै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले सबै विद्यार्थीको समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले अस्ट्रेलियामा अध्ययन गर्ने सबै विद्यार्थीको ट्युसन प्रोटेक्सन सर्भिस (टीपीएस) हुने भएकाले रकम नडुब्ने र क्रेडिट ट्रान्सफर हुने भएकाले अर्काे कलेजमा पढ्न पाउने जिकिर गर्नुभयो ।

मन्त्रालयद्वारा छानविन समिति गठन

एआईबीटीले बुधबार विज्ञप्ति जारी गरी ब्राइटन कलेजमा ट्रान्सफर गर्न सकिने जनाएको थियो । तर, अस्ट्रेलियन सरकारले ब्राइटनको विषयमा अध्ययन गरिरहेको छ । ब्राइटन एक्सपोर्टट कन्सल्टेन्सीको लगानीमा सञ्चालित कलेज भएको स्रोतले जनाएको छ । विद्यार्थीले प्रक्रिया पूरा गरेपछि दिल्लीस्थित अस्ट्रेलियन हाइ कमिसनले कलेजको बारेमा अध्ययन नै नगरी ती विद्यार्थीलाई भिसा दिएको थियो । एआईबीटीमा नर्सिङमा भर्ना हुन अहिले सयौ विद्यार्थीको भिसा दिल्लीस्थित हाइ कमिुन कार्यालयमा अड्किएको छ ।

ती विद्यार्थीको विषयमा शैक्षिक परामर्श संघले अध्ययन गरिरहेको छ । अस्ट्रेलियास्थित अस्ट्रेलियन स्किल क्वालिफिकेसन अथोरिटी (अस्वा) ले स्वीकृति दिएको एआईबीटीको अनुगमन गर्दा कानुनी प्रक्रिया नपुगेको भन्दै बन्द गराइदिएको हो । एआइबिटी अहिले कानुनी लडाइँ लड्ने तयारीमा रहेको छ । तर सो कलेजमा अध्यययन गर्न प्रक्रिया पूरा गरेका विद्यार्थीको अवस्था के हुने ? भन्ने विषयमा थप अन्योल भएको छ । एआईबीटीमा बिजनेस, हस्पिटालिटी, टेक साइन्स, आईटी, एभिएसन, हेल्थ साइन्स, डेन्टल साइन्स र कम्युनिटी सर्भिस र नर्सिङ विषयमा अध्यापन हुन्छ ।

सो कलेजमा विभिन्न मुलुकका करिब ५० हजार हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । सिड्नी र विस्बन, ताजमनिया स्टेटको हवोर्डमा समेत कलेज सञ्चालन गरेको एआईबीटीमा नर्सिङबाहेक अन्य विषयमा अध्ययन गर्न समस्या नभएको इक्यानको भनाइ छ । नेपालबाट गएका विद्यार्थी सो कलेजमा सञ्चालित डिप्लोमा अफ नर्सिङ अध्ययन गर्न भर्ना भएका थिए । इक्यानका अध्यक्ष पाण्डेले समस्या समाधन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

इक्यानले हिजो बिहीबार पराराष्ट्र र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । ‘परराष्ट्र मन्त्रालयले अस्ट्रेलियास्थित नेपाली राजदूतसँग घटनाको विषयमा जानकारी लिने र शिक्षा मन्त्रालयले छानविन समिति बनाएर प्रतिवेदन पेस गर्ने निर्णय भएको छ’ –इक्यानका अध्यक्ष पाण्डेले भन्नुभयो ।

अस्ट्रेलियामा अध्ययन गर्न एक जना विद्यार्थीले करिब १५ लाख रुपिया खर्च गरेका छन् । अन्तिम प्रमाणपत्र लाने बेलामा कलेको नर्सिङ शिक्षा बन्द भएपछि सबै विद्यार्थी गम्भीर समस्यामा छन् । अस्ट्रेलियाकोे अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक) को स्वीकृति दिने प्रावधान भएपछि सो संस्थाले अध्ययन गर्दा सो कलेज समस्यामा आएको हो । त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका विद्यार्थीलाई हस्पिटलमा इन्टर्नसिपका लागि अस्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी (अप्रा) को दर्ता नम्बर आवश्यक हुन्छ ।

मन्त्रालयले थाल्यो छानविन
उक्त समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानविन शुरु गरेको छ । मन्त्रालय र इक्यानका पदाधिकारीबीच बिहीबार छलफल भएलगत्तै उक्त मन्त्रालयका सहसचिव देवकुमारी गुरागाइको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले कन्सल्टेन्सीहरुको विद्यार्थी पठाउने प्रक्रिया, भिसा प्रक्रिया र पीडित विद्यार्थीको समस्याका बारेमा छलफल गर्ने भएको छ ।
मन्त्रालयले बिहीबारै अस्ट्रेलियन दूतावाससँग सम्पर्क गरी विद्यार्थीको अवस्थाबारे जानकारी लिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले घटनाको वास्तविकताको विषयमा छनविन गरी गम्भीर समस्यामा परेका विद्यार्थीको समस्या समाधान गर्न पहल गरिने बताउनुभयो ।

कुन कुन हुन् ठग्ने ?
१.एक्सपर्ट
२.मर्सी
३.कंगारु
४.अल्फाबिटा
५. काठमाडौं इन्फोसिस
६. इम्पल्स
७. सनराइज
८. एनमार्क पोखरा
९.मोडल ग्लोबल
१०.एबीसी
नेपाल समाचारपत्रबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia