काठमाडौं / बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिचितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाबा बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले धर्ना तोड्ने भएका हुन् ।

यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिन लागेको हो । निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थालेपछि श्रीमान् श्रीमती उपचारका लागि काठमाडौं जाने भएका हुन् । निर्मलाका बाबु यज्ञराजले आफ्नो र कान्छी श्रीमतीको स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने र धर्नामा बस्ने कोही नभएका कारण स्थगित गर्न लागिएको बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia