इनरुवा। सुनसरीको दुहवीमा प्रथम मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पियनशिप फागुन १७ गते हुने भएको छ । मंगलबार महेन्द्र मेमोरियल एकेडमीमा पत्रकार सम्मेलन गरि १७ गते शुक्रबारका दिन सरस्वती माबि दुहबीको खेलमैदानमा डोरीतान खेल गर्ने तयारी भएको जनाएको छ । सुनसरी जिल्ला डोरीतान संघ दुहबीले आयोजना गर्ने खेलको दुहबी नगरपालिकाले संयोजन गरेको र सहयोगी संस्थाहरुमा मनमोहन स्मृति प्रतिष्ठान तथा राष्ट्रिय खेलकूद परिषद नेपाल रहेको छ ।

जिल्ला डोरीतान संघका उपाध्यक्ष रमेश बाबु थापाको अध्यक्षता र नेपाल डोरीतान सँघका केन्द्रीय उपाध्यक्ष सुभाष श्री पोख्रेलको प्रमुख आतिथ्यमा डोरीतान खेल सम्बन्धित जानकारी गराउनुभयो । खेलमा सहभागी हुने टिममा झापा, मोरङ, सुनसरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारतको बिहार र झारखंड रहेको छ । आउट प्रत्येक खेल ३ सेटको हुने र बिजेता टिमलाई नगद पचास हजार रुपियाँका साथै ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद २५ हजार रुपियाँका साथै ट्रफि, मेडल र प्रमाणपत्र बितरण गरिने जानकारी थापाले जनाउनुभयो ।

डोरीतान सँघ नेपालको २७ जिल्लामा गठन भएको र थप जिल्लाहरुमा पनि गठन प्रक्रिया जारी रहेको छ । परम्परा कालदेखि नै खेल खेलिँदै आएको भएपनि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म पहुंच बनाउन नसकेको तथा विश्व भरी नै निकै आनन्दका साथ खेलाईने हुँदा र नतिजा पनि केहि बेरमै आउने भएकोले सो खेलबाट नेपाललाई चिनाउनसक्ने कुरालाई ध्यानमा राख्दै सो खेलको प्रबर्धन गर्न लागिएको कुरा केन्द्रीय उपाध्यक्ष सुभाष श्री पोख्रेलले जनाउनुभयो ।
यो खेल नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको खेल दुहबीमा आयोजना गराउन लागेको र केहि वर्षभित्र एशियन खेल र आउदो जेठ महिना भित्र प्रदेश स्तरीय खेल पनि दुहबी मैआयोजना गर्न बताउनुभयो । खेलमा अनुमानित खर्च ६ लाख १५ हजार रुपियाँ हुनसक्ने जानकारी आयोजकले दिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia