- मदन अधिकारी

प्रकाशपुर। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वाड नं ९ की कल्पना कबिरथ १८ वर्ष पुगिसकेकी छन् । तर, उचाई २९ इन्च मात्र छ भने तौल २२ किलो मात्र रहेको छ । कल्पना सम्भवत देश कै होचि महिला हुनसक्ने अनुमान गरिएको छ।

बाग्लुङका खगेन्द्र र दाङका चन्द्रवहादुर डांगीले सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता भइसकेका छन् यता कल्पना पनि नेपालकै होचि हुन सक्छु भन्दै मिडिया मार्फत आइरहदा बराहक्षेत्र नगरपालिकाले समेत आइतबार उनलाइ सम्मान गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा अवस्थित डोबर इङ्लिस बोडिङ स्कुलमा अध्यन गर्दै गरेकि कल्पनाको शारीरीक बनावट अरुको तुलनामा सानो देखेपछि विद्यालयले पत्रकारलाई खवर गरी सार्वजनिक गरेको थियो ।

बिभिन्न मिडियाहरुमा पटक पटक छाएकि कल्पना अन्तत बराहक्षेत्र नगरपालिकाको समेत नजरमा पर्न सफल भएकि छन् । प्रदेश नम्बर १ को बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ निवासि कल्पना कबिरथ निम्न वर्गमा हुर्किएकि हुनाले पनि उनलाइ पठाइ लेखाइमा केही समस्या देखिएको थियो । तर पछि उनलाइ डोवर इङ्लिस बोडिङ स्कुलले निशुल्क पढाइ दिने कुरा सुनेपछि निकै खुसी भएकि कल्पना कम्प्युटर कोर्षका लागि नेकपाको आर्थिक सहयोगमा अनुपमा डिजिटल फोटो स्टुडियोमा हाल कम्प्युटर समेत सिक्दै आइरहेकि छन् ।

कल्पनाले केही महिना देखि ल्याप्टक तथा हुइल चियर उपलब्ध गराइदिए आफु केही गर्न सक्थिए भन्दै मिडियामा आएपश्चात बराहक्षेत्र नगरपालिकाका विकाश प्रेमी मेयर निलम खनालको नजरमा समेत यसले प्रभाव पारी उनलाइ आइतबार ल्यापटप बितरण गरिएको छ । भने छिटै हुइल चियर समेत उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ । पुर्वाधार बिकास संग संगै प्रबिधिको पनि उच्चतम प्रयोग गर्दै नगरलाई प्रबिधी मैत्री बनाउने कुरामा नगरपालिका अगाडि रहेको भन्दै मेयर खनालले हामी यश क्षेत्रको विकाश संगसगै शारीरीक रुपमा असक्त व्यक्तिहरुलाइ सहयोग समेत गर्दै जाने बताउनु भएको छ । नगर प्रमुख खनालले हाम्रो क्षेत्रमा लुकेर रहेका प्रतिभालाइ हामी बिस्तारै बाहिर निकाल्ने समेत बाचा गर्नुभएको छ । यता कल्पनाकि आमा पुष्पाञ्जलि कबिरथले समेत नगरपालिकाले आफ्नो छोरीलाइ सम्मन गरेकोमा खुसी व्यक्त गरेकि छन् ।

तपाईको प्रतिक्रिया