इनरुवा पाँच बलाहामा शान्ति र मानवताकालागि घर परिवारको भूमिका विषयक एकदिने प्रवचन कार्यक्रम समापन भएको छ । इनरुवा नगरपालिका मूख्य साझेदार रहेको सो कार्यक्रमलाई नवयुव दुग्ध डेरी र करेसाबारी कृषि सहकारीकोे सहयोगमा करुणा समाज इनरुवा ५ बलाहाले आयोजना गरेको हो ।नगर प्रमुख राजन मेहताले उद्घाटन गरेको कार्यक्रममा योग गुरु आचार्य धर्मराज सहित ब्रम्हकुमारी राजयोग बिराटनगरी गिता दिदी र अधिवक्ता कविता बस्नेतले प्रवचन दिएका थिए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.801625790235748/801625420235785/?type=3&theater
कार्यक्रमलाई परिवार भित्र देखापर्ने आपसी मनमुटावको अन्त्य गर्दै समाज हुँदै सिङ्गो मूलुकलाई शान्तिको बाटोमा अग्रसर बनाउन स्वयंबाटै प्रयास थालिनुपर्ने आशय केन्द्रीत रहेर संचालनमा ल्याइएको थियो । समाजका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका अगुवा तथा सामाजिक क्षेत्रमा कृयाशिल संघसंस्थामा आवद्ध महिला लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रमलाई अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर आयोजना गरिएकाले महिलाहरुको सहभागितालाई बढी जोड दिइएको अभियन्ता अच्युत भण्डारीले जानकारी दिए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.801625790235748/801625403569120/?type=3&theater
कार्यक्रमकालागि आयोजकले जिल्लाका १२ वटै स्थानीय तहका उपप्रमुख सहित निर्वाचित महिला जनप्रतिनिधिहरुलाई डाकेको थियो । बलाहामा कार्यालय रहेको करुणा समाजले स्थापना पश्चातको एकवर्षे अवधीमा विभिन्न सामाजिक उत्तरदायित्व बहन हुने कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.801625790235748/801625436902450/?type=3&theater
२६ सदस्यीय समिति रहेको समाजले सदस्यहरुबाट संकलित रकममा सहयोगीबाट जुटाइएको रकम थप गरी सामाजिक कार्यमा खर्चिर्ने गरेको जनाएको छ । आवश्यकता अनुरुप निःशुल्क स्वास्थ्य शिविरका अलावा बालबालिका केन्द्रीत अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिइरहेको करुणा समाजका अध्यक्ष माधवप्रसाद आचार्यले बताए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.801625790235748/801625553569105/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.801625790235748/801625543569106/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia