सुनसरी एम्बुलेन्स चालक संघ इकाई कार्य समिति इनरुवाको कार्यालय उद्घाटन गरिएको छ । इकाई कार्य समिति सुुनसरी गठनसँगै कार्यालयको उद्घाटन गरिएको हो ।सुनसरी सदरमुकाम इनरुवा १ अस्पताल पछाडी सुनसरी एम्बुलेन्स चालक संघ इकाई कार्य समिति इनरुवा सुनसरीको कार्यालय उद्घाटन गरिएको छ ।इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख मेहतासँगै इनरुवा १ का वडाअध्यक्ष रामचन्द्र पोदार इनरुवा अस्पतालका इमरजेन्सी इन्चार्ज गुणानन्द झा लगायतको उपस्थिती रहेको थियो ।त्यसैगरी हरीलाल मेहताको अध्यक्षतामा एम्बुलेन्स चालक संघ इकाई कार्य समिति इनरुवा सुनसरीको समेत गठन गरिएको छ ।समितिको उपाध्यक्षमा छगन मण्डल, सचिवमा रामकुमार शर्मा, सहसचिवमा भरतलाल यादव, कोषाध्यक्षमा अर्जुन कुर्मी चयन भएका छन । त्यसैगरी समितिको सदस्यहरुमा हरीलाल उराव, सन्तोष साह, मनोज मण्डल, दिपक मेहता, जितनारायण मेहता, दिनेश चौधरी रहेका छन् ।समितिको सल्लाहकारहरुमा चन्द्रनारायण ठाकुर, रामसुन्दर यादव, दिनेश यादव, नन्दकुमार चौधरी लगायतका चयन भएको सुनसरी एम्बुलेन्स चालक संघका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया