इनरुवा। कर्णाली प्रदेशको कैलालीमा आयोजना हुने प्रथम मुख्यमन्त्री कपमा सहभागी हुन जाने प्रदेश नम्बर १ का क्रिकेट खेलाडीलाई बिदाई गरिएको छ । भोलि आइतबार प्रतियोगितामा सहभागी हुन जाने प्रदेश नम्बर १ का क्रिकेट टोलिलाई शनिबार इनरुवा नगरपालिकाका मेयर राजन मेहता, राखेप सदस्य तथा कराते महासंघका अध्यक्ष शम्भुप्रसाद आचार्य सहितकाले खेलाडीहरु लाई बिदाई गरेका हुन ।

व्यवस्थापक विप्लव घोषका अनुसार विदाई कार्यक्रममा कैलालीमा फाल्गुन २९ गतेदेखि आयोजना हुन गइरहेको प्रथम मुख्यमन्त्री कपमा राम्रो क्रिकेट खेल्नको लागि मेयर मेहता तथा राखेप सदस्य आचार्यले शुभकामना दिएका थिए । सुनसरी सदरमुकाम इनरुवामा २ दिनको बन्द प्रशिक्षण पछि क्रिकेट खेलाडीहरु आइतबार प्रतियोगिता हुने स्थलतर्फ जादै छन् । प्रदिप राज पाण्डे प्रशिक्षक रहेको प्रदेश नम्बर १ को टोलिमा सुनसरी, मोरङ र झापाका युवा खेलाडीहरुको वर्चस्व रहेका छन् भने कप्तानी मोरङका पुष्प थापाले गर्दैछन् । प्रतियोगितामा राम्रो क्रिकेट खेल्ने उद्देश्य रहेको टोलिका व्यवस्थापक विप्लव घोषले बताए । छोटो तयारी भएपनि सकारात्मक क्रिकेट खेल्नको लागि सबै खेलाडी तयार रहेको घोषको भनाइ छ ।

तपाईको प्रतिक्रिया