नव ज्योति इङ्गिस स्कूल इनरुवाले छैठौं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । इनरुवा ३ मा रहेको स्कुलले मौलाना सब्बिर नदवीको प्रमुख आतिथ्यतामा भेला तथा वार्षिकोत्सवको आयोजना गरेको हो ।कार्यक्रममा विद्यार्थीहरुले कला प्रस्तुत गर्नुकासाथै सांस्कृतिक प्रस्तुति दिएका थिए । नेपाली, अंग्रेजी र उर्दु सहितका भाषामा विद्यार्थीहरुले प्रस्तुति दिएका थिए । सोही कार्यक्रममा विद्यालयले वर्षभर संचालन गरेका अतिरिक्त कृयाकलापहरुमा उत्कृष्ठ हुने छात्रछात्रालाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा प्रअ डा.खुर्शिद आलमले विद्यालयले हात पारेको अभिभावकको माया र गुणस्तरीय शिक्षा प्रतिको चासो र विश्वासले हौसाएको धारणा राखेका थिए । उनले स्कूलले प्रदान गर्ने शिक्षालाई समयानुकुल परिमार्जन गर्दै आधुनिक बनाउँदै लैजाने दृढता समेत अभिभावक समक्ष व्यक्त गरे ।

विद्यालयले वार्षिकोत्सवका अवसरमा विद्यार्थी भर्नामा विशेष छुट दिइएको जनाएको छ । अन्य दिनका हकमा समेत युनिफम, एक तोला चाँदीको सिक्का सहित निश्चित रकम छुट सहितका प्याकेज दिइने विद्यालयका प्रधानाध्यापक आलमले बताए । आलमका अनुसार शुल्क वापतको वार्षिक रकम एकमुष्ट बुझाउने अभिभावकलाई समेत सम्मान गरिने छ ।

तपाईको प्रतिक्रिया