- अभिमनु कुमार पटेल

रौतहट। रौतहटको दुर्गा भगवती गाउँपालिकामा साइकल वितरण गरिएको छ । दुर्गा भागवती गाउँपालिका अन्तर्गत रहेको श्री सरस्वती उच्च मा.बि पिपरा भलोहिया, श्री संस्कृत मा.बि मत्सरी र आधारभूत मा.बि पचरुखीमा अध्ययनरत कक्षा ८ र ९ को २ सय ५३ जना छात्राहरुलाई एक कार्यक्रम समारोह बिच साईकल वितरण गरिएको छ ।

सो कार्यक्रममा सभापतित्वका गाउँपालिका अध्यक्ष अरुण कुमार साहले छोरीको शिक्षा क्षेत्रमा पहुच बढाउन उदेश्यले यो साईकल वितरण कार्यक्रम गरिएको हो । हाम्रो समाजमा एउटै परिवारमा रहेका २ सन्तान मध्ये छोरालाई राम्रो ठाउँमा शिक्षा हासिल गराउने तर त्यही आमाको कोखबाट जन्मेकी छोरीसँग आमाबुवा नै ठूलो विभेद गरी समान्य शिक्षा दिने प्रचन देखिन्छ । तर अब यस समाजमा जन्मेका छोराछोरी बिचको मतभेद शौतेला ब्यवहार बन्द गरि सम्मान रुपमा अगाडी बढी परिवर्तन गर्नु पर्ने अति आवश्यक रहेको अध्यक्ष अरुण साहले बताउनु भयो ।

यस गाउँपालिकाको विधालयहरुमा छोरीलाई शिक्षा हासिल गर्न जादा धेरै नै कठिनाई उत्पन्न भई रहेकोले शिक्षा तर्फ आक्रर्षित गर्ने उदेश्यले हौसला मजबुत गर्न साईकल वितरण गरिएको छ । आफ्नै सन्तान मध्ये छोराको उज्वल भबिष्य बनाउन हामी धेरै प्रयास गर्छौ भने छोरीको लागि पनि गर्नु सम्पूर्ण अभिभावकको दायित्व रहेको छ । दाईजो प्रार्था समाजकालागि श्राप नै बनेकोले यसलाई सबै मिलेर बहिस्कार गर्नु अध्यक्ष अरुण साहले आग्रह गरेका छन ।

साईकल बितरण कार्यक्रमको अध्यक्ष अरुण कुमार साहको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथि जिल्ला समन्व्य समिति रौतहटका सभापति राम एकवाल राय यादव, बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र खत्री, इन्द्र गण बक्स गुल्मका प्रमुख सुमन शाक्य, राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख अभिनय सिंह, अतिथि फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा, वडाअध्यक्ष प्रधुमन चौधरी, सुरेश चौधरी, धर्मेन्द्र झा लगायत बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया