मोरङ। मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीय रमिला राईको शव खोजीका लागि खटिएको प्रहरी टोलीले कोसी ब्यारेजबाट अन्दाजी ८ सय मिटर दक्षिणमा अर्को शव फेला पारेर अनुसन्धानका लागि सप्तरी प्रहरीको जिम्मा लगाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ तर्फ अन्दाजी ३०-३२ वर्षको पहाडे मुलको जस्तो देखिने युवतीको शव पानी भित्र सडेको अवस्थामा फेला परेको हो । घाँटीमा सिक्री लगाएकी युवतीको शव पूरै सडेको, शरीरका केही भाग माछाले खाएकोले नचिनिने र निवस्त्र अवस्थामा रहेको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बताए । उनले सप्तरीमा काहीं पनि यस अघि महिला वा युवती बेपत्ता भएको र हराएको भन्ने कुनै निवेदन भने नपरेको बताए ।

पुलमा अड्किएर रहेको आशंकामा रमिलाको शव भेटिन्छ कि भनेर कोसी ब्यारेजका ५२ वटै ढोका खुल्ला गरेर खोजी गर्ने क्रममा अलि तल युवतीको शव फेला परेको हो । पहिचान नखुलेकी युवतीलाई पनि कोही कसैले कहींबाट हत्या गरेर ल्याएर सप्तकोसी नदीमा फ्यालिदिएको हुन सक्ने प्रहरी अनुमान छ । ‘अन्यत्र कहीं हत्या गरेपछि ल्याएर शव फ्यालिदिएको हुन सक्छ,’ एसपी बिष्टले भने, ‘साथी–साथी घुम्न आउने क्रममा नदीतिर धकेलिदिएको पनि हुन सक्ने अनुमान गरिएको छ ।’ शव निवस्त्र अवस्थामा भेटिएका कारण बलात्कारपछि हत्या गरेर फ्यालेको हुन सक्ने प्रहरी आशंका छ ।

रातको समयमा गुड्ने सवारी साधनमा अवैध वस्तुहरुको ओसारपसार र अपराधिक घटनाको सम्भावना बढी हुने हेक्का राखेर राम्रो सँग चेकजाँच गर्नु पर्ने हो । चेकजाँच भएको भए शव गाडीमा राखेर कोसीतर्फ हिंडेका गुरुङ बीचैबाट पक्राउ पर्थे,’ एक प्रहरी अधिकारीले भने, ‘राजमार्ग सुरक्षाका लागि अपनाइएको रणनीति कमजोर देखियो । रात परेका बेला धेरै ठाउँमा चेकजाँच हुनु पर्नेमा त्यो पनि देखिएन ।’ सुरक्षा लापरवाहीकै कारण गुरुङले मृत्त शरीर गाडीमा बोकेर कोसी ब्यारेज पु¥याउँदै सप्तकोसी नदीमा फ्याल्न सकेको प्रहरी अधिकारीहरुको ठम्याई छ ।

यस घटनाले सुरक्षा चेकजाँचमा हुने गरेको चरम लापरवाही र कमजोरीलाई उजागर गरेको स्थानीय रामेश्वर मण्डलले बताए । उनले पुलको पश्चिमतर्फ बढेको गाडी केही बेरमै फर्किएर आउँदा पनि वास्ता नगर्नु र राति गुड्ने गाडीलाई शंकास्पद रुपमा नहेरिनु कोसी ब्यारेज आसपासमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको ठूलो लापरवाही भएको बताए । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र फूयालले सप्तकोसी नदी र कोसी ब्यारेज आसपासलाई संवेदनशील क्षेत्रका रुपमा लिएर विशेष निगरानी बढाउन थालिएको बताए । ‘एउटा खोज्दा अर्को शव फेला परेपछि हामी पनि अचम्ममा परेका छौं,’ उनले भने, ‘अपराधमा संलग्नले मान्छेको हत्या गरेपछि अपराधबाट सजिलै पार पाउन सप्तकोसीमा ल्याएर शव फ्यालिदिने गरेको यी दुई घटनाबाट पुष्टि हुन्छ ।’

हत्यामा संलग्नले नदीमा फ्यालेपछि नदीले बगाएर शव गायब बनाइहाल्ने र नभेटिने भएका कारण यसो गर्ने गरेको हुन सक्ने उनको ठम्याई छ । ‘कोसी ब्यारेजबाट फ्यालिएको शव तत्कालै भारतीय भूमिमा पुगिहाल्छ,’ उनले भने, ‘भारततर्फ शव भेटिए पनि भारतीय सुरक्षाकर्मीले नेपालबाट ल्याएको भनेर खासै मतलव नगर्ने र शव भेटिएको कुरा पनि नेपाली सुरक्षाकर्मीलाई जानकारी नदिने गर्दा अपराधमा संलग्नले उन्मुक्ती पाउने सम्भावना धेरै रहन्छ ।’

शव भेटिए पनि पानीले प्रमाण नष्ट गरिदिने र अनुसन्धानमा जटिलता उत्पन्न हुने भएकाले अपराधिक कार्य गर्ने व्यक्तिहरुलाई शव फ्याल्न अहिलेसम्म सजिलो स्थिती भइरहेको पाइएको डीएसपी फूयालले बताए । उनले कोसी ब्यारेज आसपासमा प्रविधि मैत्री निगरानी थालिने बताए । ‘कोही कसैले घुम्न लिएर जाने बहानामा पनि हत्या गरेर शव नदीमा फ्यालिदिन वा पानी खेल्ने बहानामा नदीतिर धकेलिदिन सक्ने देखियो,’ उनले भने, ‘अपराधबाट सहज रुपमा उन्मुक्ती पाउन पनि अन्त हत्या गरेर ल्याएको शव कोसी ब्यारेजको पुलबाट नदीतिर फ्यालिदिंदा पानीको बहाव उच्च रहने नदीले तत्कालै बगाएर लगिहाल्छ ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia