अहिले बलिउडका चर्चित स्टार पनि वेब सिरिजतिर आकर्षित भइरहेको देखिन्छ । यसको प्रमुख कारण हो, उच्च पारिश्रमिक । वेब सिरिज चलाउने कम्पनी एक्टर्सले राम्रो पारिश्रमिक दिइरहेको छ । अमेजन प्राइम भिडियोले हालै आफ्नो आगामी वेब सिरिजको घोषणा गरेको छ । ‘द इन्ड’ नामक सो वेब सिरिजमार्फत अभिनेता अक्षय कुमार डिजिटल दुनियाँमा प्रवेश गर्दै छन् ।

भारतीय वेब मिडियाका अनुसार सो वेब सिरिजका लागि अक्षयले ९० करोड भारु पारिश्रमिक लिँदै छन् । खबर यो पनि छ कि अक्षय कुमार डिजिटल सिरिज गर्न इच्छुक थिएनन् । तर, उनीसँग अमेजनले लगातार सम्पर्क गरेर मनाइ छाडेको हो ।

केही समयअघि एउटा अन्तर्वार्तामा अक्षयले भनेका थिए कि उनी छोरो आरवले भनेपछि डिजिटल दुनियाँमा आफ्नो पहिलो कदम राख्दै छन् । खबरअनुसार अब सलमान खान पनि अमेजनसँग साइन गर्ने तयारीमा छन् । सिनेमाभन्दा राम्रो प्रतिक्रिया तथा पारिश्रमिक पनि राम्रै पाइने भएकाले स्टार कलाकारलाई वेब सिरिजले तानेको बताइएको छ ।

तपाईको प्रतिक्रिया