रोजगार अनुमती प्रणली ‘इपिएस’ अन्तर्गत कोरियामा कामदार पठाउन लिइने कोरियन भाषा परीक्षा जेठ २५ र २६ गते हुने भएको छ। परीक्षा दिनमा २ सिफ्टमा बिभाजन गरी गराइने छ। पास भएका परीक्षार्थीले उत्पादनमूलक र कृषि तथा पशुापालन क्षेत्रमा कोरिया जान पाउने छन।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० जना, कृषि तथा पशुपालन क्षेत्रमा ३ हजार जना गरि जम्मा १० हजार ५० जाना उत्तीर्ण हुनेछन्। कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने छ।भषा परीक्षा उत्तीर्ण हुनेले स्किल टेस्ट र कम्प्लेन्सी टेस्टमा उत्तीर्ण भएपछि मात्र रोजगारीको लागि कोरिया जान पाउने वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामा उल्लेख छ।

परीक्षाको लागि चैत ८ देखि १७ गते सम्म आवेदन खुल्ने शाखाले जनाएको छ। काठमाडौं र पोेखराबाट संचालन हुने परीक्षामा पोखराको हकमा पहिलो १२ हजारले मात्र आवेदन फारम भर्न पाउँनेछन्। परिक्षाको आवेदन शुल्क २४ अमेरिकी डलर निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia