काठमाडौं । आतंकवादी गतिविधिमा संलग्न भनिएको पाकिस्तानी समूह जैस–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरलाई आतंककारी घोषणा गर्न भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा राखेको प्रस्ताव चीनले रोकेको छ। सुरक्षा परिषद्मा अजहरलाई आतंककारी घोषणा गर्न भारतले राखेको प्रस्ताव चीनले रोकेको यो चौथोपटक हो।

यो नतिजाबाट हामी अत्यन्त दुखी छौँ। फेब्रअरी १४ मा जम्मु कश्मीरमा भएको आतंकवादी हमलाको जिम्मा लिएको यो सक्रिय आतंकवादी संगठनलाई नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय समुदायको कदममा यसले ठूलो धक्का लागेको छु, भारत सरकारको भनाई उद्धृत गर्दै भारतीय पत्रिका एन्डिएन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ।४० भारतीय सेनाका जवान मारिने गरी पुलवामामा भएको आक्रमणपछि भारतले यो संगठनलाई प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदाय गुहारिरहेको छ। चीनले सबै पक्षलाई स्वीकार्य हुने गरी प्रस्ताव आउनुपर्ने अडान लिँदै यसअघि नै यो प्रस्ताव अस्वीकार गर्ने संकेत दिइसकेको समाचारमा जनाइको छ। मंगलबारमात्र भारतले न्यू योर्क, वासिङ्टन र बेइजिङसहित अन्य अन्तर्राष्ट्रिय शक्तिसमक्ष आफ्नो कुटनीतिक पहल सक्रिय बनाएको छ।  अन्नपूर्णबाट ।

तपाईको प्रतिक्रिया