- मिकाइल आलम

इनरुवा । कर्णाली प्रदेशको कैलालीमा सुरु प्रथम मुख्यमन्त्री कपमा प्रदेश नम्बर १ ले विजयी सुरुवात गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा १ नम्बर प्रदेशले उपाधीको दाबेदार मानिएका प्रदेश नम्बर ५ लाई ५ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

प्रदेश नम्बर १ क्रिकेट टोलिका व्यवस्थापक विप्लव घोषका अनुसार प्रथम मुख्यमन्त्री कपको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको १ नम्बर प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १६ रनको बनाएको थियो । १ नम्बर प्रदेशको तर्फबाट दिपेश कंडेलले ४० तथा कप्तान पुष्प थापाले ३८ रन बनाएका थिए । १ सय १७ रनको विजयी चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको ५ नम्बर प्रदेश निर्धारित २० ओभर खेलेपनि ९ विकेट गुमाउँदै मात्र १ सय ११ रन बनाउन सक्यो । बलिङतर्फ १ नम्बर प्रदेशका अभियास तिम्सिनाले ३ तथा पुष्प थापाले २ विकेट लिए । ३८ रन बनाउनुका साथै महत्त्वपूर्ण २ विकेट लिएका १ नम्बर प्रदेशका कप्तान थापा म्यान अफ द म्याच घोषित भएको टोलिका व्यवस्थापक घोषले जानकारी दिए ।

तपाईको प्रतिक्रिया