बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम राखेको प्रत्यक्षदर्शी पथरीशनिश्चरेका बिजयजंग बस्नेतले बताए ।

सडकको बिच भागमा कुकरमा रातो टेपले बाँधेर करिब २० मिटरको तार समेत जोडी बम राखी कार्यकर्ताहरु जंगल पसेका थिए । सोही ठाँउमा ईलाका प्रहरी कार्यलय बेलबारीको टोली,पथरीको टोली घटनास्थलमा पुगेको छ । सो क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । बम डिस्पोजल टोली अहिले सम्म घटनास्थल पुगेको छैन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia