इनरुवा २ मगरटोल कसुमगाछीका ३० वर्षिय रञ्जन गुप्ता दुई दिनदेखि परिवारको सम्पर्कमा आउन सकेका छैनन् ।बौधिक अपाङगता भएका गुप्ता बोल्न सक्दैनन् । जल्पापुरमा आफन्तकहाँ भोजमा सहभागि भएपश्चात गुप्ता वेपत्ता छन् । सम्पर्कमा आउन नसकेपछि परिवारले उनको खोजी गरिरहेको छ ।

रञ्जनका दाजु चन्दन गुप्ताले भाई हराएकाले देख्नु हुने र कतै भेट्नु हुनेले नजिकको प्रहरी कार्यालय वा ९८५१०१०७२१ मा खबर गरिदिनु हुन अनुरोध गरेका छन् । चन्दनका अनुसार भाई रञ्जन जल्पापुरबाट इनरुवा आउने क्रममा हराएका हुन् । बाटो बिराएका रञ्जन सुनसरीको दक्षिणवर्ति क्षेत्रमा अलपत्र परेको हुन सक्ने परिवारको आंकलन छ ।

तपाईको प्रतिक्रिया