काठमाडौं । भारत र पाकिस्तानका प्रतिनिधिहरूको बैठक भारतको पञ्जावमा पर्ने अट्टारीमा बिहीबार बसेको छ । करतारपुर करिडोरको खाकालाई अन्तिम रूप दिन भन्दै दुई देशका प्रतिनिधिको पहिलो बैठक बसेको हो । बैठक पञ्जाबको गुरदासपुर जिल्लामा भएको हो ।

दुवै पक्षका प्रतिनिधिहरू वार्ताका लागि बुधबार बेलुका अमृतसर आइपुगेका थिए । ‘करतारपुर करिडोर बनाउने सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता छ । बैठकमा त्यही अनुसार छलफल भएको छ’, भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने । करतारपुरमा शिख धर्मगुरु नानक देवको निधन भएको थियो ।

उनको ५५० औं जन्मजयन्तीका अवसरमा करतारपुर करिडोरको काम शुरु गर्ने उद्देश्यले बैठक गरिएको अधिकारीले बताएका छन् । बैठकमा भारतले बैठकमा दैनिक ५ हजार शिख धर्मावलम्बीलाई विनाभिसा कतारपुर जान दिनुपर्ने माग गरेको छ । तीर्थयात्रुलाई पैदल जान अनुमति दिइनेछ र सातै दिन उक्त करिडोर खुला राखिनुपर्ने दुवैको भनाइ छ । पुलवामा आतंकी आक्रमण भएपछि उक्त बैठक पहिलोपटक बसेको हो । आगामी बैठक२ अप्रिलमा बाघामा बस्ने दुवै देशले जनाएका छन् । अन्नपूर्णबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia